News Portal

सल्यान पश्चिम क्षेत्रमा एनसेल सेवा प्रदायीक कम्पनीले आफ्ना सेवाग्राहिलाई दुख दियो

हिमाली संचार संवाददाता
७२९ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत ५, बिहीवार : सल्यानको पश्चिम क्षेत्रमा एनसेल सिम प्रयोग कर्ताहरु मारमा परेका छन् । नेपाल दुरसञ्चारले यस क्षेत्रमा सेवा प्रवाह नगर्दा एनसेलको भर परेका स्थानीयलाई उक्त सेवा प्रदायीक कम्पनीले ठगिरहेको छ । १ महिना देखि एनसेलको नेटवर्कमा खरावी हुदाँ समेत समस्या समाधान तर्फ ध्यान नदिएको सेवा ग्राहिको दुखेसो छ ।

नेपाल टेलिकमको यस क्षेत्रमा सेवा नहुदाँ वढि एलसेलका प्रयोगकर्ता भएकाले फोन गर्दा कुरा नवुझिने र पैसा काटीहाल्ने हेला हेलोमै सवै व्यालेन्स सकिने भएकाले एलसेलले यस क्षेत्रका नागरिकलाई लुटिरहेको स्थानीयको दुखेसो छ ।

एनसेल कस्टमर कयर सेन्टरमा गुनासो गर्दा समेत सेवा सुधारमा उक्त कम्पनीले चासो नदिएको सेवाग्राहीहरुले वताउने गरेका छन् । नेपाल टेलिकमको भरपर्दो सेवा नहुदाँ वढि प्रयोग कर्ता यसैमा भर पर्ने गरेका छन् ।

पछिल्लो समयमा एलसेलले दुख दिएको, नेटवर्क देखाउने, कनेक्ट हुने तर कुरा नवुझिने, अट्केर आवाज आउने, नेटमा समस्या लगाएत हुने गरेको छ । सेवा सुधार तर्फ भन्दा दिन प्रतिदिन एनसेलको नेटवर्कमा समस्या थपिदै छ । यस क्षेत्रको सल्यान पश्चिम र सुर्खेतको उत्तर पुर्वि क्षेत्रमा एलसेलको नेटवर्कमा समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...