News Portal

  • कर्णाली प्रिमियर लिग : आयोजक प्रदेश सरकारको सहयोगको आशामा

    हिमाली संचार संवाददाता
    ४९५ पटक
    सुशील सिंह

    सुर्खेत, ४ बैशाख : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यहि बैशाख १२ गतेबाट सुरु हुन लागेको कर्णाली प्रिमियर लिग सिजन २ को पुरस्कार राशी र मुख्य प्रायोजकको नाम आज बुधबार सार्बजनिक गरिएको छ । सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलनमा प्रथम हुने टिमलाई ५ लाख नगद र दोस्रो हुने टिमलाई रु २ लाख दिने कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीले जानकारी दिए ।

    उनका अनुसार म्यान फ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटम्यानलाई २० हजार, र दैनिक म्यान अफ द म्याचलाई ३५ सय पुरस्कार दिईने छ । यस्तै कर्णाली प्रिमियर लिगको मुख्य प्रायोजक सि जि फुडस् प्रा.ली.को वाईवाई तयारी चाउचाउँले गरेको पनी संयोजक शाहीले बताए ।

    शाहीका अनुसार उक्त लिगमा जम्मा १५ खेल हुने छन् । पहिलो दिनमा एक खेल र बाकी दिनहरुमा दिनमा २ वटा खेल हुने छन् । हेर्न आउने दर्शकको लागी पनी टिकटको ब्यबस्था मिलाईएको पनी संयोजक शाहीले जानकारी दिए । उनले भने खेल अबधीभर फाईनल सम्म टिकट काटेर हेर्न आउने दर्शकलाई एउटा मोटर साईकल उपहार को ब्यबस्था गरेका छौ ।
    सरकारी सहयोगको आशमा ।

    कर्णाली प्रिमियर लिग सिजन २ को अनुमानित लागत झण्डै ६० लाख अनुमान गरिएको छ । कर्णाली प्रिमियर लिग सिजन २ को आयोजनाका लागी कर्णाली प्रदेश सरकारको सहयोगको आशामा रहेको पनी संयोजक शाहीले बताए । उनले भने, बिरेन्द्रनगर नगरपालिकाले सहयोग गर्छु भनेको छ हामी आशामा रहेका छौ । खेल बैशाख २१ गते सम्म चल्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...