News Portal

कर्णाली प्रिमियर लिग : आयोजक प्रदेश सरकारको सहयोगको आशामा

हिमाली संचार संवाददाता
५६१ पटक
सुशील सिंह

सुर्खेत, ४ बैशाख : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यहि बैशाख १२ गतेबाट सुरु हुन लागेको कर्णाली प्रिमियर लिग सिजन २ को पुरस्कार राशी र मुख्य प्रायोजकको नाम आज बुधबार सार्बजनिक गरिएको छ । सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलनमा प्रथम हुने टिमलाई ५ लाख नगद र दोस्रो हुने टिमलाई रु २ लाख दिने कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीले जानकारी दिए ।

उनका अनुसार म्यान फ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटम्यानलाई २० हजार, र दैनिक म्यान अफ द म्याचलाई ३५ सय पुरस्कार दिईने छ । यस्तै कर्णाली प्रिमियर लिगको मुख्य प्रायोजक सि जि फुडस् प्रा.ली.को वाईवाई तयारी चाउचाउँले गरेको पनी संयोजक शाहीले बताए ।

शाहीका अनुसार उक्त लिगमा जम्मा १५ खेल हुने छन् । पहिलो दिनमा एक खेल र बाकी दिनहरुमा दिनमा २ वटा खेल हुने छन् । हेर्न आउने दर्शकको लागी पनी टिकटको ब्यबस्था मिलाईएको पनी संयोजक शाहीले जानकारी दिए । उनले भने खेल अबधीभर फाईनल सम्म टिकट काटेर हेर्न आउने दर्शकलाई एउटा मोटर साईकल उपहार को ब्यबस्था गरेका छौ ।
सरकारी सहयोगको आशमा ।

कर्णाली प्रिमियर लिग सिजन २ को अनुमानित लागत झण्डै ६० लाख अनुमान गरिएको छ । कर्णाली प्रिमियर लिग सिजन २ को आयोजनाका लागी कर्णाली प्रदेश सरकारको सहयोगको आशामा रहेको पनी संयोजक शाहीले बताए । उनले भने, बिरेन्द्रनगर नगरपालिकाले सहयोग गर्छु भनेको छ हामी आशामा रहेका छौ । खेल बैशाख २१ गते सम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...