News Portal

मनकामना मिडियाद्धारा संकलित रकम पत्रकार रबि लामिछानेको उपस्थितिमा पिडितलाई हस्तानतरण

हिमाली संचार डटकम
५५३ पटक
कमल सिंह ठकुरी

कुवेत, १५ अप्रील : संखुवासभाका शक्तिमान तामाङ कुवेत आएको बर्ष दिनमै गम्भीर बिरामी परे। कार्यस्थलमै अचानक बिरामी भएपछि तत्काल अस्पताल पुर्‍याएपछि मात्रै उनको दुबै मृगौला फेल भएको थाहा भयो। बानेश्वर नगरपालिका वडा नम्बर ९ खाम्लिडका ३३ बर्षिय तामाङ धन कमाएर परीवारलाई सुख दिने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा गराउछु भन्ने उदेश्यले कुवेत आएका थिए।

दुबै मृगौला फेल भएको भन्ने अस्पतालको रिपोर्ट पछि ऊनी हाल नेपाल फर्केर काठमाडौको जोरपाटीस्थित टिचीङ अस्पतालमा उपचार गराईरहेका छन। आर्थिक अबस्था निकै कमजोर भएकाले कुवेतबाट संचालित मनकामना मिडियाले आर्थिक सहयोग अभियान नै चलाएर उनको छोराछोरीको अध्ययनका लागि १ लाख ६८ हजार र नेपालमै दिलकुमारी तामाङको पहलमा १२ हजार बढी रकम संकलन गरेर जम्मा १ लाख ६८ हजार ४ सय ६५ रुपैया पत्रकार रबि लामिछानेको विशेष उपस्थितिमा (आज) सोमबार मनकामना मिडियाका अध्यक्ष कुमार तामाङले सो सहयोग रकम हस्तान्तरण गरेका हुन।

शक्तिमान तामाङ बचाउ अभियानका विशेष अभियान्ता तथा मनकामना मिडियाका सम्पादक बिजय लामाले सहयोग गर्नुहुने सबै मनकारीहरुमा धन्यवाद व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...