News Portal

बैशाख १ गतेदेखि तराईमा १ महिने मेला सुरु(फोटो फिचर)

हिमाली संचार संवाददाता
७३९ पटक
रबिन्द्र बराल, मोरङ

बैशाख २ साेमबार : मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरी नयाँ वर्ष बैशाख १ गते का दिनका झकिझकाउ र सर्वसाधारणहरुले भरिभराउ रहेको थियो । भक्तजन र दर्शनार्थीको संख्या अत्यधिक मात्रामा रहेको थियो । उक्त स्थान मा युवा युवतीको सहभागिता पनि उत्तिकै देखिन्थियाे ।

सुनवर्सि महारज थानमा पशुपंक्षी बली दिनेको लस्कर बढिमात्रामा रहेको थियोे। पुजारी लाई भ्याइनभ्याइ भएको देखिन्थ्यो। बलीका लागि परेवाका बचेरा, कुखुरा र बोका, खसीकाे बलिदिने गरेको छ । माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।

सुनवर्सिबाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय भाेलाई राजवंशी बताउँछन् ।

५० वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ । तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ ।

सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका शिवदयाल राजवंशी यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै भन्छन्, ‘‘यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयास थालिएको बताए ।

हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि निर्माण गरेका छन् । मन्दिरमा आएर भाकल र पूजा गर्ने चलन छ । भाकल पूरा भए हर्षोल्लास गरिन्छ । सुनवर्षीलाई साक्षात् इश्वर मान्दछन । समितिका अध्यक्ष कुमार बुढाथोकीले पोखरीलाई अझ धेरै व्यवस्थित गरिदै लैजाने बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...