News Portal

जाजरकोटका प्रजिअ बस्नेतद्वारा पहिरो पीडितलाई ७ लाख रकम सहित राहात सामाग्री हस्तान्तरण

हिमाली संचार संवाददाता
९७० पटक

जाजरकोट – जाजरकोटमा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही १ लाखको चेक हस्तान्तरण गरेका छन् ।

गत आइतबार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो। पहिरोमा परी ज्यान गुमाउनेको क्षतीको पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पीडितसँगै रहेको प्रजिअ बस्नेतले बताए ।

पहिरोमा छोरी गुमाएका तीर्थराज बोहरा, छोरा गुमाएका कुशे ६ भार्माका प्रेम परियार र कृष्ण परियारलाई जनही १/१ लाख, तीन छोरी र श्रीमती गुमाएका भेरी ६ गंगटियाका लालबहादुर लुहारलाई एकमुष्ट ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

पहिरोमा परी बेपत्ता भएका कुशे-५ का गोविन्द परियार अझै हराइरहेकाले बेपत्ताको एकिन भएपछि मात्र केही दिनपछि राहत दिइने प्रजिअ बस्नेतले बताए ।

प्रजिअ बस्नेतका अनुसार घर पुरिएका परिवारको आवास ब्यवस्थापनका लागि तीर्थराज बोहरा र गोपाल सुनारलाई जनही दश हजारका दरले रकम प्रदान गरिएको छ ।

यसअघि मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट २५ हजार र भेरी नगरपालिकाको तर्फबाट ३० हजारका दरले राहत प्रदान गरिएको थियो ।

पहिरोका कारण विस्थापित भएर सदरमुकामस्थित बृद्धाश्रम केन्द्रको भवनमा बस्दै आएका ७ घर परिवारलाई कुशे गाँउपालिका र स्थानीय प्रशासनले खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री प्रदान

रेडक्रस जाजरकोटले पनि पहिरो पीडित परिवारलाई गैरखाद्य सामग्री प्रदान गरेको छ ।पहिरो पीडित पाँच परिवारलाई त्रिपाल, कम्मल, लत्ताकपडा, भाडावर्तन, बाल्टी लगायतका गैरखाद्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले बताए ।

आइतबार विहान गएको पहिरोले पुरेका एकै घरका ४ जनासहित ८ जनाको मृत्यु भएको थियो ।

भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली, उनका छोरीहरु १० वर्षीय रञ्जना, ७ वर्षीय मनिसा र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालिका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार, कुशे-६ का ११ वर्षीय नवीन परियार र बारेकोट गाँउपालिकाका तीर्थ बोहराकाकी छोरी नजमको मृत्यु भएको थियो ।

भेरी नगरपालिका वडा नं. ३ ठाँटी बजारबाट पानी नाउला जाने बाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्धार गरिएको थियो ।

पहिरोमा परि ८ जनाको मृत्यु भएको थियो भने १ बालक अझै बेपत्ता छन् । पहिरोको जोखिम बढेपछि ७ घर विस्थापित भएका छन् ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...