News Portal

गरिव भएकै कारण करणकाे उपचार गर्न मुस्किल

हिमाली संचार संवाददाता
४७३ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ३०, शनिबार : माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेे चाेक नजिकैमा रहेको माेरिया टाेलमा बसाेवास गर्दे अाईरहेका ४५ बर्षका विनाेद सरदार र रेखा सरदारकाे कान्छाे छाेरा १३ वर्षका करण सरदार बिगत ६ महिना देखि खुट्टाकाे उपचार नहुदा जीवन र मरणकाे अवस्थामा पुगेका छन । कार्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटाेमा लडेर समान्य चाेट लागे पछि उनकाे देव्रे खुट्टामा चाेट लागेकाे उनकाे बुबा विनाेदले बताए ।

पछि अस्पतालमा उपचार गराउन लैजादा उनकाे खुट्टा भाचिएकाे थाहा पाए पछि डाक्टरकाे सल्लाह अनुसार खुट्टामा बेन्डेज गरियाे तर पाँच महिना बितिसक्दा समेत खुट्टा राम्रो हुन नसकेको बताए । करण स्थानीय महेन्द्र अाधारभुत विद्यालयमा कक्षा ४ मा अध्यन गरिरहेका थिए तर खुट्टा कै कारण बिगत ५ महिना देखि विद्यालय समेत जान सकेका छैनन् । बिगत १५ बर्षदेखि माेरिया खाेलाकाे किनारमा १० घुर अैलानि जग्गामा बसाेवास गर्दे अाईरहेका याे परिवारमा अहिले निकै दुख परिरहेको छ ।

श्रीमतीकाे पनि बिगत ५ बर्ष देखि कान दुख्नेे समस्याबाट पिडित हुदाहुदै पुनः अर्को वज्रपात नै खसेजस्ताे भएको छ । एक जनाकाे ज्याला मजदुरीले दुख:सुख हातमुख जाेडिरहेता पनि छाेराकाे खुट्टाकाे उपचार नगर्ने सक्दा याे परिवार निकै चिन्तामा परेका छन । एक जनाकाे कमाईबाट चार जनाकाे परिवार पालिरहेका छन । उनका १५ बर्षका जेठा छाेरा दिल कुमार सरदारले पनि कक्षा सात पढेर ६ महिना देखि उनले पढाइ समेत छाडेका छन ।

घर खर्चको लागि ज्याला मजदुर गरि अाफ्नाे परिवारलाई थाेरै भए पनि खर्च जुटाई रहेका छन । उनका बुबा विनाेदले भने, हामी गरिव परिवार भएकै कारण उपचार गराउन नसकिएको र घरमै छाेरालाई राखि रहेको उनले बताए । यस्तो गरिव परिवारका छाेरालाई कुनै सहयोगी हातहरुकाे खाचाे रहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...