News Portal

  • मेयर कपको उपाधि अन्नपुर्ण क्लबको पोल्टामा

    हिमाली संचार संवाददाता
    ४११ पटक

    सिन्धुपाल्चोक, २८ चैत : सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि अन्नपुर्ण क्लब (आरसीटी) ले जितेको छ । सदरमुकाम चौतारा स्थित टुँडिखेलमा भएको फाइनल भिडन्तमा आरसीटीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधिसहित ५ लाख ५ हजार रुपैयाँ पाएको हो । उपविजेता त्रिभुवन आर्मीले २ लाख ५ हजार रुपैयाँ पायो ।

    खेलको ३३ औं आरसीटीले पाएको फ्रि किकमा अजित गुरुङले गरेको गोल नै निर्णायाक बन्यो । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुँदै २० हजार रुपैयाँ पुरस्कार पाए । युथ राइजिङ खेलाडीको उपाधि चौतारा युथ टिमका सञ्जय विष्टले पाए ।

    बिजेता टिमलाई सुकुटेमा सञ्चालित माया बीच रिसोर्टको प्रायोजनामा एक रात बासको प्याकेजसहित सुनकोशी नदीमा र्‍याफ्टिङको व्यवस्था पनि गरिएको आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीले जानकारी दिए । चैत १५ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका क्लबसहित विभिन्न जिल्लाका गरी १२ टिमको सहभागिता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...