News Portal

रमेश अधिकारीको अध्यक्षतामा “तनहुँ सेवा समाज मकाउ” गठन

हिमाली संचार संवाददाता
६०५ पटक
कर्ण अधिकारी

मकाउ, १० अप्रील : नितान्त सामाजिक सेवा गर्ने हेतुले तनहुँ जिल्लाबाट मकाउमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई एकत्रित गरी समग्र तनहुँको आर्थिक तथा सामाजिक बिकास गर्ने उदेश्य सहित तनहुँ स्थायी घर भई हाल मकाउमा कार्यरत रहेका तनहुँका नेपाली दाजुभाईहरूको आज (बुधबार) बसेको बैठकले रमेश अधिकारीको अध्यक्षतामा १७ सदसीय “तनहुँ सेवा समाज मकाउ”गठन गरिएको छ।

उक्त कार्य समितिमा अध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष चन्द्र पुलामी, उपाध्यक्ष बिकाश अधिकारी, सचिव कमल सापकोटा, सह-सचिव कैलाश थापा, कोषाध्यक्ष बिष्णु राना मगर, सह-कोषाध्यक्ष इश्वर अधिकारी, सदस्यहरू कृष्ण कुमाल, बिष्णु खत्री, कृष्ण मल्ल, राज वाग्ले, ओम श्रेष्ठ, मिलन अधिकारी, राम कृष्ण अधिकारी रहेका छन।

त्यस्तै सल्लाहकारहरूमा बरीष्ठ सल्लाहकार उदय राज वाग्ले, बरीष्ठ सल्लाहकार अम्बिर जोशी, सल्लाहकार काली बहादुर परीयार रहेका छन् ।

बैठकमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं यसै संस्थाका बरीष्ठ सल्लाहकार अम्बिर जोशीले बिदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लाको बिकासका निमित्त यसरी एकजुट भएर संस्था खोलिनु गौरवको कुरा हो भन्नु हुन्छ। यस संस्थामा बौदिक ब्यक्तिहरू सम्मिलित भएका कारण आउदा दिनहरूमा अझै सक्रिय भएर सामाजिक कार्यमा लाग्न सकिने कुरा ब्यक्त गर्नु हुन्छ समाजका अध्यक्ष अधिकारी।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...