News Portal

कालुन्चोक किक्रेट मैदानको कार्य तीब्र रुपमा हुँदै

हिमाली संचार संवाददाता
४९४ पटक

सुर्खेत, २६ चैत : आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन। आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ।

प्रतियोगितामा ३ बिभागिय सहित देशका विभिन्न सहरका अन्य पाँच प्रतिस्ठित क्लबहरुको सहभागीता रहने एकेडेमीका अध्यक्ष जिवन शाहीले जानकारी दिनुभयो। प्रतियोगिममा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस, ससस्त्र प्रहरीको एपिएफले सहभागीता जनाउने भएका छन।

यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके, र हिमालयन क्रिकेट एकेडमी काठमाडौले सहभागीता जनाउने भएका छन। अहिले प्रतियोगिता संञ्चालनको लागि स्थानिय कालुन्चोक किक्रेट मैदानको काम भर्इरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो।

उहाँले केन्द्र, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायबाट सहयोग प्राप्त नभएको भन्दै आफहुले विभिन्न दाताहरुसँग सहयोग उठाउदै मैदान निर्माणमा जुटिरहेको बताउनुभयो। प्रतियोगिताको लागि मैदानको स्तर उन्नतिको लागि मैदान सम्माउने,पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भर्इरहेको छ।

बैशाख १२ गतेदेखि २१ गते सम्म हुने प्रतियोगिताको खेल जनता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन। गत सस्करणमा केपिएलको बिजेताले ३ लाख प्राप्त गरेको थियो भने यो सस्करणको पुरस्कार र ट्रफि केही दिनमा घोषणा हुने उहाँले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...