News Portal

कालुन्चोक किक्रेट मैदानको कार्य तीब्र रुपमा हुँदै

हिमाली संचार संवाददाता
४७५ पटक

सुर्खेत, २६ चैत : आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन। आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ।

प्रतियोगितामा ३ बिभागिय सहित देशका विभिन्न सहरका अन्य पाँच प्रतिस्ठित क्लबहरुको सहभागीता रहने एकेडेमीका अध्यक्ष जिवन शाहीले जानकारी दिनुभयो। प्रतियोगिममा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस, ससस्त्र प्रहरीको एपिएफले सहभागीता जनाउने भएका छन।

यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके, र हिमालयन क्रिकेट एकेडमी काठमाडौले सहभागीता जनाउने भएका छन। अहिले प्रतियोगिता संञ्चालनको लागि स्थानिय कालुन्चोक किक्रेट मैदानको काम भर्इरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो।

उहाँले केन्द्र, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायबाट सहयोग प्राप्त नभएको भन्दै आफहुले विभिन्न दाताहरुसँग सहयोग उठाउदै मैदान निर्माणमा जुटिरहेको बताउनुभयो। प्रतियोगिताको लागि मैदानको स्तर उन्नतिको लागि मैदान सम्माउने,पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भर्इरहेको छ।

बैशाख १२ गतेदेखि २१ गते सम्म हुने प्रतियोगिताको खेल जनता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन। गत सस्करणमा केपिएलको बिजेताले ३ लाख प्राप्त गरेको थियो भने यो सस्करणको पुरस्कार र ट्रफि केही दिनमा घोषणा हुने उहाँले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...