News Portal

नायक पल शाह र गायक प्रताप दास दर्शन सांगीतिक धमाका मच्चाउन कुवेत आउदै

हिमाली संचार संवाददाता
४५५ पटक

अप्रील ८, कुवेत : दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको समाजका महासचिब राज मल्ल ठकुरीले बताए ।

अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिल्कुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका सम्रक्षक बि.बि. मल्ल ठकुरीले जानकारी दिएका छन् ।

कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथ स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहने समाजका सल्लाहकार रुपेन हमालले बताए । उनले भने – कार्यक्रमको तय ३ महिना पहिला कुवेतका नेपाली अनलाईन मिडिया मार्फत जानकारी गराए पनी सँस्थाको हिजो बसेको साइबर बैठकले कुन चाही कलाकार लिएर कार्यक्रम गर्ने भन्ने बारे निर्णय भएको हो ‘।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।

         तपशिल :

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
आयोजक : दर्शन ठकुरी समाज, कुवेत

कार्यक्रम बारे जानकारीका लागि सम्पर्क नम्बर :
६६६४४५०९, ६००६७५७२, ६९९२५६९३

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...