News Portal

  • नायक पल शाह र गायक प्रताप दास दर्शन सांगीतिक धमाका मच्चाउन कुवेत आउदै

    हिमाली संचार संवाददाता
    ३८३ पटक

    अप्रील ८, कुवेत : दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।

    दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको समाजका महासचिब राज मल्ल ठकुरीले बताए ।

    अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिल्कुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका सम्रक्षक बि.बि. मल्ल ठकुरीले जानकारी दिएका छन् ।

    कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथ स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहने समाजका सल्लाहकार रुपेन हमालले बताए । उनले भने – कार्यक्रमको तय ३ महिना पहिला कुवेतका नेपाली अनलाईन मिडिया मार्फत जानकारी गराए पनी सँस्थाको हिजो बसेको साइबर बैठकले कुन चाही कलाकार लिएर कार्यक्रम गर्ने भन्ने बारे निर्णय भएको हो ‘।

    कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।

             तपशिल :

    स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
    मिति : ७ जुन २०१९ शुक्रबार
    समय : १२ बजे
    आयोजक : दर्शन ठकुरी समाज, कुवेत

    कार्यक्रम बारे जानकारीका लागि सम्पर्क नम्बर :
    ६६६४४५०९, ६००६७५७२, ६९९२५६९३

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १४ गतेको राशिफल

    आज भदौ १३, २०८२ (अगस्त ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

    काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक...

    अब बागमती प्रदेशमै छापिने लाइसेन्स

    हेटौंडा, भदौ १३ – बागमती प्रदेश सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै स्तरबाट छापेर...

    चेङदुमा लक्जरी अपार्टमेन्टमा बस्ने महिला मानसिक आघातमा

    चेङदु, भदौ १३ – चीनको सिचुवान प्रान्तस्थित चेङदु सहरमा एक महिला अनपेक्षित घटनापछि मानसिक समस्यामा...

    प्रचण्डमाथि पनि बदला सुरु हुने चेतावनी : माधवकुमार नेपाल

    काठमाडौं, भदौ १३ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रतिशोधको राजनीति अघि सारेको...