News Portal

प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता

हिमाली संचार संवाददाता
४३० पटक

बेलायत, ५ अप्रील : नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाट भएको छ । युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न यहाँ आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो।

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो । लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगकालागि आफू तत्पर रहेको बताए । सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन् ।

दक्षिणएसिया मामिला हेर्ने संसदीय समितिका संयोजक समेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन् । उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन् । सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए ।

नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी, शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए । कैनी बेलायतमा सांसदको उमेद्वार बनिसकेका छन् भने श्रेष्ठ यहाँको लेबर पार्टीको नेताको रुपमा परिचित छन् ।

सुरुमा कन्डक्टरको काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय सांसद शर्मा एक दशक ट्रेड युनियन आन्दोलनमा काम गरेपछि चार दशकदेखि बेलायतको राजनीतिमा सक्रिय छन् । उनी लेबर पार्टीको तर्फबाट तीन पटक सांसद भैसकेका छन् । उनले बेलायतको इलिङ साउथ हलबाट प्रतिनिधित्व गर्छन् । आगामि जुलाई वा अक्टोबरमा नेपाल भ्रमणमा जाने जानकारी दिए ।

भेटबार्तामा बेलायतमा रहेका ब्रिटिस सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए । शिवाकोटीले प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारको क्षमता विकास र सहज रिपोटिङको प्रबन्ध मिलाउने व्यवस्था मिलाउन सांसद शर्मालाई महासचिब शिवाकोटीले आग्रह गरेका थिए । शिवाकोटीले वेलायतमा रहेका नेपाली समुदायको अपेक्षा बेलायत सरकारसँग पुर्याउन सहयोग गर्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...