News Portal

बारा-पर्सामा धनजनको क्षति प्रती गैरआवासीय नेपाली संघ मकाउद्वारा दुख व्यक्त, सहयोग गर्न सबैमा अपिल !

हिमाली संचार संवाददाता
६०४ पटक
सन्जिब कोयी राई

मकाउ, ४ अप्रिल : प्रदेश न.२ अन्तर्गत बारा-पर्सा लगायत तराईको विभिन्न भागमा आईताबार बेलुका आएको हावाहुरीबाट ठुलो धनजनको क्षति भएको छ। बारा-पर्सामा २७ जना भन्दा धेरैको मृत्यु साथै सयौंको संख्यामा धाईते भएको विभिन्न संचार माध्यमहरुले प्रसारण गरि रहेका छ।

गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षमा आकास्मिक बैठक बसेर गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, समवेदना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गैरआवासीय संघ मकाउले मकाउमा रहेका विभिन्न संधसंस्था, सहयोगी मानुभाव, समग्र नेपाली समुदाय समक्ष पत्राचार गर्दै सहयोग गरिदिन हुन अपील गर्ने निर्णय गरेको छ।

गैरआवासीय संघ मकाउले बारा-पर्साको आपतकालिन अबस्था प्रति गम्भिर हुदै मकाउमा कार्यरत नेपाली समुदाय समक्ष सहयोग अपील गर्दै प्रभावित क्षेत्रका पीडितहरु प्रति सहानुभूति स्वरुप सहयोग यस्तो आपतकालिन दुखद धडीमा मानवीय सहयोग गरि एक जुट भई सहयोग गरिदिन हुन अनुरोध गर्दै सहयोग संकलन सुरु गरेको गैरआवासीय संघ मकाउका अध्यक्ष शान्ति अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...