News Portal

नाथेखोला हुदै जामुने बाँझकोट-औलवेसि सडकको उद्घाटन

हिमाली संचार संवाददाता
४६१ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २०, बुधबार : सल्यानको बनगाड कुपिण्डेको वडा २ र ३ बामेलाई नगरको केन्द्र सल्लीवजारसम्म जोड्ने छोटो सडकको आज उद्घाटन गरिएको छ । २०७१ सालमा नाथेखोला जामुने, बाँझकोट हुदै औलवेसि नामकरण गरेर बाटोको काम सुरु गरिएको थियो । करिव ५५ लाख वजेटबाट बामेको औलवेसि सम्म करिव १७ किलोमिटर सडकको काम सम्पन्न भएको छ ।

यस वर्षको वडाको ५ लाख र स्थानीय पुर्वाधार विकास साझेदारि तथा संघिय वजेटको १५ लाखले सडकको ट्रयाक खोल्ने काम सकिएको छ । नगरको वडा ४ काफलपानी,डोप्के,काव्रा र बाँझकोटको लागि वजार आवता जावतमा सहजता थपेको छ । सडक निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले आज भव्य उद्घाटनका समारोहको आयोजना गरेका छन् ।

कार्यक्रममा पुर्व मन्त्री तथा सल्यान जिल्ला संघीय सांसद प्रमुख अतिथी टेकवहादुर वस्नेत, कर्णाली प्रदेशका सल्यान प्रदेश सांसद गुलाव जंग शाह, बनगाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमार पुन, वडाध्यक्ष टेकवहादुर पुन र २ नंम्बर वडा अध्यक्ष प्रतिमल वुढा लगाएतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

सडक उद्घाटन कार्यक्रममा संसद वस्नेतले केन्द्रले ठुला आयोजना,प्रदेशले मझ्यौला र स्थानीयले साना साना काममा प्रथामिकता दिने वताउनु भयो । राजनीती गर्ने अव सकियो यो समय भने खिचातानी नगरेर विकासमा सहयोग गर्नु पर्ने वताउँनु भयो ।

सल्यान जिल्लामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युतका लागि करडौ रकम आएको छ । उक्त काम छिटै कार्यन्वय भएर समयमा काम गर्न सकिएमा जनताका वाचा पुरा गर्ने सकिने वताउनु भयो । आफुहरुले चुनाव वोलेका कुरा विस्तारै पुराहुदै जाने ठोकुवा गर्नु भएको छ ।

बामेमा रिङरोड हुदै साना सडक विस्तार देखि खानेपानी, विद्युतीकरणका क्षेत्रमा वस्नेतको सक्रियतामा काम अघि वढेका छन् । त्यसै गरि प्रदेश संसद शाहले पनि नगरलाई अर्निणयको वन्दी वनाएर, जुन कामकाज ठप्प पार्ने काम भएकोमा दुख व्यक्तm गर्र्नु भएको छ । जुन स्पिडले बनगाड कुपिण्डे नगरमा कामले गतिलिनु पर्ने हो त्यो हुन नसकेकोमा दुख व्यक्त गर्नु भएको छ ।

नगरमा एकले अर्काले खुट्टा तान्ने प्रविधीले आफुहरुले केन्द्र र अन्य निकायबाट वजेट माग र विनीयोजन गर्न नसकेको स्वीकार गर्नु भएको छ । जनताका कामलाई सधै सिरोपरि ठानेर अघि वढ्न समेत संसद शाहले अनुरोध गर्नु भएको । विरोध गर्ने समय नभएर यो भनेको काम र परिणाम देखाउने वेला भएको वताउनु भयो । त्यसै गरि नगर प्रमुख पुनले पनि नगरमा केहि जनप्रतिनिधीले गोरु चुटेर हलो अट्काउने खेल खेलिरहेको जनाउनु भयो ।

आफुलाई कुनै पनि काम गर्न नदिने प्रपञ्च रचिएको र जनतासामु वोलेका वाचा पुरा गर्न अवरोध पुरर्याएको वताउँनु भयो । त्यसै गरि सडक निर्माण समितीका अध्यक्ष धनवहादुर पुनले यो आर्थिक वर्षमा संघीय वजेटको १५ लाख र वडाको ५ लाखको खर्चको सार्वजनीकीकरण गर्नु भएको थियो । पुनकै अध्यक्षतामा भएको कार्यक्रममा मुक्ती माविका प्रअ.नोखराज विएमले सञ्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...