News Portal

कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा टेम्मा र दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध

हिमाली संचार संवाददाता
३६७ पटक

नैनकला राई  -कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा दिप्रुंङ चुइचुम्मा गाउँ पालिका ७ को स्वास्थ्य संस्था टेम्मा र सामुदायिक स्वास्थ्य ईकाई दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध गराएका छन्l

दिप्रुंङ चुइचुम्मा गाउँ पालिकाकी बासिन्दा अभियन्ता कृष्णकला सुनिता राईको अभियानमा साथ दिदै खोटाङ कुवेत सम्पर्क मंचका पूर्व अध्यक्ष तथा बर्तमान किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको पहलमा कुवेतमा कार्यरत टेम्मालीहरुबाट संकलित रकमले स्ट्रेटचियर उपलब्ध गराउन सफल भएको हो l अभियन्ता राई कुवेतको विभिन्न संघ संस्थामा आवद्ध रही सामाजिक काममा सकृय रहदै आएका चिरपरचित व्याक्तित्व हुन् l

उक्त स्ट्रेट चियर डाँडागाउँ ओख्रे स्वास्थ्य चौकीमा एक कार्यक्रम गरि दिप्रुंङ चुइचुम्मा गाउपालिकाका अध्यक्ष भुपेन्द्र राईको हातबाट टेम्मा स्वास्थ संस्थाको वडा अध्यक्ष धन बहादुर थापा र टेम्मा स्वास्थ इकाइ दिलैछिको सान्ती माबी बरडाँडाका प्रधान ध्यापक एजुनन्द राईले स्ट्रेट चियर ग्रहण गरेको राईले परदेशी खबरलाई जानकारी गराएका छन् l

आफ्नो जन्म थलो टेम्मामा अहिलेसम्म पनि यातायातको सुबिधा नभएकोले बिमारीहरुले उपचारको लागि स्वास्थ्य चौकी वा सदरमुकामसम्ममा पुग्न कठिन हुने भएकोले स्ट्रेटचियर हुदा केहि सहज र राहत मिल्ने भएको हुनाले उपलब्ध गराएको पनि राईले बताए l

सहयोगी दाताहरुको नाम
१. मन्जित चाम्लिङ राई
२. मनकाजि चाम्लिङ राई
३. प्रकाश चाम्लिङ राई
४ . कल्याण (बुवेपाछा) चाम्लिङ राई
५ . रबिन (बुवेपाछा) चाम्लिङ राई
६. कैलाश (बुवेपाछा) चाम्लिङ राई
७. नविन कार्की
८. सम्भु क्षेत्रि
९. काजि बस्नेत
१०. बिदुर बस्नेत
११. पर्शु (पण्डित) घिमेरे

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...