News Portal

  • बारा पर्सामा आएको हावाहुरीले गर्दा मृतक भएकाहरुप्रति चिरशान्तिको कामना

    हिमाली संचार संवाददाता
    ३२९ पटक

    जनकपुर -आइतबार साँझ बारा–पर्सामा आएको आँधीबेहरीबाट दर्जनौँ व्यक्तिले ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै जनकपुरका युवाहरुले शोक व्यक्त गर्दै चिर शान्तिको कामना गरेका छन् ।

    सोमबार बेलुका जानकी मन्दिरको प्राङ्गणमा यूथ एलायन्स क्लब जनकपुरले मृतकहरुको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेका थिए भने घाइतेहरुको लागि स्वास्थ्य लाभको कामना गरेको आत्माको चिर शान्तिको कामना गरेका थिए ।

    क्लबका अध्यक्ष इजाज अन्सारी, राष्ट्रिय विद्यार्थी संघ धनुषा अध्यक्ष कमलेश यादवलगायत दर्जनौँ युवाहरुको उपस्थिति रहेको थियो ।

    विद्यार्थी नेता कमलेश यादवले अचानक आएको हावाहुरीका कारण भएको प्राकृतिक विपद्मा सबैले आ–आफ्नो ठाउँबाट मानवीय व्यवहार प्रर्दशन गर्दै सहयोगको लागि तत्पर रहन सबैमा आग्रह गरे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...