News Portal

९ वर्षपछि अभियुक्त पक्राउ !

हिमाली संचार संवाददाता
३३१ पटक

काठमाडौं, १८ चैत : ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ९ वर्षपछि पक्राउ गरेको छ । सीआईबीले काठमाडौं महानगरपालिका-३५ बालकुमारीका रविन पुलामी मगरलाई शनिबार सुनसरीबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग मुद्धामा रविनलाई काठमाडौं जिल्ला अदालतले ०६६ चैत १६ गते ५ वर्ष कैद सजाय हुने फैसलाला गरेको थियो ।

उनले ०६३ मंसिर २३ गते राति साढे ९ बजे काठमाडौं महानगरपालिका-३५ को पाल्पाकोटस्थित सडकमा मछिन्द्र पराजुलीको घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पक्राउ गरी जिल्ला अदालतमा सुनसरीमा हाजिर गराइएका रविनलाई फैसला कार्यान्वयनका लागि अदालतले सुनसरीको झुम्का कारागार चलान गरेको छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...