News Portal

  • अध्यक्ष ठाकुर, प्रेस सल्लाहकार चौलागाइ र कोषाध्यक्ष केशवसँग छानबिन समितिले बयान लियो

    हिमाली संचार संवाददाता
    ३६७ पटक

    बाँके, १७ चैत : नेपालगन्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूसहितका पदाधिकारी र उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाइसँग बयान लिएको छ ।

    महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी सरकारी रकम दुरूपयोग तथा हिनामिना गरेको विषयमा उक्त समितिले अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईको दुईदिन अघि र कोषाध्यक्ष केशव रानासँग आज आईतबार बयान लिएको समितिका एक सदस्य ओमकारनाथ मिश्रले बताए ।

    नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा संयुक्त रुपमा गरिएका विविध कार्यक्रमा महासंघका पदाधिकारीले अनियमितता गरेका छन् । छानबिन समितिका सदस्य मिश्रकाअनुसार आईतबार बसेको समितिको बैठकमा कोषाध्यक्ष रानाको बयान लिईएको हो ।

    शनिबारसम्म प्रतिवेदन बुझाउनुपर्ने म्याद तोकिएपनि आर्थिक हरहिसाबको अनुसन्धान भएकोले तोकिएको समयमा प्रतिवेदन नआएको मिश्रले बताए । उनले भने ‘हामी अध्ययन र अनुसन्धानमै छौ । थप अध्ययनका लागि अझै दुई/तीनदिने लाग्ने देखिएको छ ।

    उनले भने ‘अध्यक्ष ठाकुरसहित सबै जनासँग बयान लिइसकेका छौ । अब हामी थप अध्ययनका लागि फाईल खोल्दै छौ । दुई-तीन दिनमा काम सकिएला ।
    किर्ते हस्ताक्षरका बिषयमा आईतबार छानबिन समितिले बोलाएको थियो नेपाल पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष केशव रानाले भने ‘घटना बिषयमा सोधपुछ भयो मैले जे हो यथार्थ भनिदिएको छु । उनले थपे ‘गोरूको लडाई बाख्राको मिचाई जस्तै भएको छ । एकदमै तनाव छ ।

    उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले गत वर्ष सञ्चार पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरेको थियो । उपमहानगरपालिकाका तर्फबाट प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका तर्फबाट अध्यक्ष ठाकुरले कार्यक्रम गरेका थिए ।

    यो पनि पढ्नुहोस।

    http://himalisanchar.com/2019/03/11986

    उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका लागि १० लाख रकम विनियोजन गरेको थियो । उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर मिलेर उक्त रकम हिनामिना गरेका हुन् ।

    प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष ठाकुरको मिलेमतोमा सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत संचालन गरेका विविध कार्यक्रममा उपस्थिति नै नभएका ब्यक्तिहरुको नक्कली हस्ताक्षर तथा खर्चको विभिन्न बील भर्पाइ तयार पारी रकम हिनामिना गरिएको छ ।

    २०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तीक कटेज एण्ड रेष्टूरेण्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती बिषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारले रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ । प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष ठाकुर मिलेर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जस्ता गरिमामय पद धारण गरेका व्यक्तिहरूको समेत रकम बुझेको भनेर नक्कली हस्ताक्षर गरिएको छ ।

    पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरले तयार पारेर उपमहानगरमा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रूपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष पाखरेल कार्यक्रममा सहभागि भएको, यातायात वापत झा र पोखरेललाई हवाइभाडा आउने जाने १४ हजार दिएको, सहजकर्ताको भत्ता वापत झा र पोखरेलले करकट्टी गरी ४ हजार २ सय ५० का दरले बुझेको हस्ताक्षर छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...