News Portal

शैक्षिक क्षेत्र सुधारका लागि गाउँपालिकाले अगुवाई गर्ने

हिमाली संचार संवाददाता
४३४ पटक
दुर्गा बि.सी.

जामुनेबजार : सुर्खेतको सिम्ता गाउँपालिकामा शनिबार शैक्षिक गुणस्तर वृद्धिका लागि हाम्रो भुमिका विषयक अन्र्तक्रियामुखि कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक सत्र समापनसँगै आउँदै गरेको नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दे सो कार्यक्रमको आयोजना शिक्षक महासंघ सिम्ता सुर्खेत र गाउँ शिक्षा शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सिम्ता गाउँपालिकाका जनप्रतिनीधी, प्रधानाध्यापक, शिक्षा सरोकारवाला निकाय, अभिभावक, राजनैतिक दलका अगुवाको माझमा व्यापक छलफल गरिएको थियो ।

शिक्षक महासंघ सिम्ता सुर्खेतका अध्यक्ष टोपवहादुर खत्री, गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी., उपाध्यक्ष चन्द्रकला शाही, शिक्षा शाखा प्रमुख ज्योती गैरै, नेपाली काँग्रेस सुर्खेतका उपसभापति टेकवहादुर सिहं, नेकपाका पाटी प्रतिनिधि ऐनवहादुर चन्द, डण्डीप्रसाद शर्मा लगायतका व्यक्तिहरुको सिम्ताको शैक्षिक गुणस्तरमा सुधार गर्न महत्वपुर्ण सुझाव राख्नु भएको थियो ।

नयाँ शैक्षिक सत्रको सुरुवाती दिन देखि शिक्षण संस्थाको शैक्षिक आर्थिक, भौतिक र अनुगमनको जिम्मेवारि सवैले ग्रहण गर्ने गरि काम अघि वढाउन प्रतिवद्धता जाहेर गरिएको छ ।

गाउँपालिकाको तर्फबाट शिक्षा क्षेत्रको समग्र विकास सुधारको लागि पहलकदमी गर्ने र अगुवाई गाउँपालिकाकाले गरिरहेको जनाइएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि अनुगमनको पाटोलाई गाउँपालिकाले तिव्र पार्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...