News Portal

सन्दीप लामिछानेले आईपीएलको दोस्रो खेल पनि खेल्न बाट बन्चित

हिमाली संचार संवाददाता
४६१ पटक

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ ।

दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल खेल्ने प्रतिक्षाको घडी अझै लम्बिने देखिन्छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सञ्चालित खेलमा अहिले टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको छ ।

दिल्लीको प्लेइङ–११ मा शिखर धवन, पृथ्वी शा, कप्तान श्रेयस ऐर, ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा रहेका छन् । पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियनलाई ३७ रनले हराएको थियो । दिल्लीले दोस्रो खेलमा पनि सन्दीपलाई नखेलाएपछि उनका सर्मथकले समेत सामाजिक सञ्जालमा निराशा जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...