News Portal

भ्रष्टाचार मुद्दामा सफाइ पाएको छु : रत्न गाहा मगर

हिमाली संचार संवाददाता
३६२ पटक

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रशासनिक सल्लाहकार रत्न गाहा मगरले आफूलाई लगाइएको भ्रष्टाचारको आरोप गलत भएको प्रष्ट्याएका छन् ।

यही चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गाहालाई प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नियुक्तिलगत्तै ‘भ्रष्टाचारका आरोपी मुख्यमन्त्रीको सल्लाहकार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सो समाचारको खण्डन गर्दै गाहाले भ्रष्टाचार मुद्दामा अदालतबाट आफूले सफाइ पाइसकेको बताएका छन। गाहा समाज कल्याण परिषदको पूर्वकोषाध्यक्ष हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा उनी पनि मुछिएका थिए ।

तर, आफूले परिषद छोडेको ९ महिना ३ दिनपछि भएको निर्णयमा राजनीतिक पूर्वाग्रह राखी मुद्दा हालिएको उनको भनाइ छ । उक्त मुद्दामा विशेष अदातलले आफूलाई सफाइ दिएको र विनाधरौटी साधारण तारेखमा रिहा भएको गाहाले बताएका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11774

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...