News Portal

कुवेत र नेपालबीचको आज बेलुकी दोस्रो खेल

हिमाली संचार संवाददाता
४८० पटक

कुवेत, २५ मार्च : नेपालले कुवेतसँग आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा खेल्दैछ । घरेलु टोली कुवेतसँग नेपालले कुवेतको समयअनुसार बेलुकी ६ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने रणनीतिमा छ ।

प्रशिक्षक योहान कालिनले कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताएका छन् । मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘कुवेत हामीविरुद्ध आक्रामक खेल्ने छ । हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । पहिलो खेलले आत्माविश्वास बढेको भन्दै दोस्रो खेलमा पनि सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक कालिनले भने ।

यता, कप्तान विराट महर्जन पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताउँछन् । कप्तान विराजले भने, ‘हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छन् । गत बिहीबार राति भएको खेलमा खेलअवधिभर दबाबमा रहेपनि कुवेतविरुद्ध नेपालले बराबरी खेल्न सफल भएको थियो । आज बिहानैदेखि कुवेतमा वर्षा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...