News Portal

कतारमा मृत्यु भएका कार्कीकाे शव अझै नेपाल पुगेन

हिमाली संचार संवाददाता
७९१ पटक
रबिन्द्र बराल

चैत ९ शनिबार : मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक नजिकै बिगत ३५ बर्ष अगाडि देखि बसाेवास गर्दे अाईरहेका ५५ वर्षीया शारदा कार्कीकाे २३ बर्षका जेठाे छाेरा भूपाल कार्की र कान्छाे छाेरा टिकाराम कार्की समेत बिगत दुई बर्ष देखि दुवइमा राेजगारीका लागि गएका छन ।

चैत्र ३ गते अाईतबार भुपालको कतारमा मृत्युु भएको खवर अाएकाे थियोे । नेपालमा राेजगारी नभए पछि पछिल्लो समयमा नेपाली युवाहरु ठुलो सपना बाेकेर बिदेशी भुमिमा अाफ्नाे पसिना बगाउन पछि पर्दैनन घरपरिवारकाे खुश का लागि बिदेश गएका युवाहरुकाे मृत्युु भएपछि उनीहरुकाे समयमै शव नेपाल नअाई पुग्दा घरपरिवारहरु झनै समस्यमा पर्ने गरेका छन ।

मृत्युु भएको साता दिन बितिसक्दा समेत छाेराकाे लास घरमा नअाउदा उनकाे घरमा रुवाबासी चलिरहेको छ । भूपालकी २५ वर्षीया श्रीमति
दीलमाया र छाेरी ४ बर्षकि सुमिक्षा घरमै बस्दै अाईरहेका थिए । पतिको मृत्युको खबर सुनेर उनले समेत ५ दिन देखि पानी समेत नखाएपछि उनकाे अहिले हाेस समेत अाएकाे छैन चार दिन देखि बेहोस भएपछि उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको स्थानीय निर्मल भट्टराईले बताए।

भूपाल बिगत ८ बर्ष देखि नै राेजगारीकाे शिलशिलामा अाउदै जादै गर्दे थिए । उनकै कमाईबाट सानाे झुपडी बाट ठुलाे दुई तल्ले घर बनाउन सफल भए तर उक्त घरमा राम्रोसँग बस्न समेत भुपालले पाएनन् । उनी सानै छँदा उहाँका बुबाको क्षयरोगका कारण मृत्यु
भएको थियो । परिवारको सम्पूर्ण जिम्मा भूपालकै काँधमा रहेकाे उहाँकी आमा शारदाले बताईन ।

घरमा शव आउँछ भनेर प्रतिक्षा गर्ने सबै आफन्तजनका आँशु सकिएका छन् । तर समून्द्रपारिबाट कुनै खबर आएको छैन् । शव नअाउदा उनीहरुकाे परिवारलाई बज्रपात नै भएको छ । मृत्युको खबरले शोकाकुल भएको कार्की परिवार यतिबेला शव कुरेर पिढिमा बसिरहेका छन। ६ दिन भइसक्यो, शव आउँदैन्, कसैले मारेका हुन् वा आफै मर्‍यो, केही खबर छैन्,आफ्नो दाहिने हात छिने जस्तै भयो भन्दै उनकि अामाकाे अाँसुका बलिन्द्र अासुका धारा राेकिएकाे छैनन।

शवको प्रतिक्षा गर्नुपर्दा काज किरिया गर्न समेत समस्या भएको काका टेकबहादुर कार्कीले बताउनु भयो । ५ वर्ष अगाडि साउदी अरव बसेर फर्किएर भुपालले मधुमल्लाबाट मागी बिबाह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...