News Portal

  • कतारमा मृत्यु भएका कार्कीकाे शव अझै नेपाल पुगेन

    हिमाली संचार संवाददाता
    ६७८ पटक
    रबिन्द्र बराल

    चैत ९ शनिबार : मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक नजिकै बिगत ३५ बर्ष अगाडि देखि बसाेवास गर्दे अाईरहेका ५५ वर्षीया शारदा कार्कीकाे २३ बर्षका जेठाे छाेरा भूपाल कार्की र कान्छाे छाेरा टिकाराम कार्की समेत बिगत दुई बर्ष देखि दुवइमा राेजगारीका लागि गएका छन ।

    चैत्र ३ गते अाईतबार भुपालको कतारमा मृत्युु भएको खवर अाएकाे थियोे । नेपालमा राेजगारी नभए पछि पछिल्लो समयमा नेपाली युवाहरु ठुलो सपना बाेकेर बिदेशी भुमिमा अाफ्नाे पसिना बगाउन पछि पर्दैनन घरपरिवारकाे खुश का लागि बिदेश गएका युवाहरुकाे मृत्युु भएपछि उनीहरुकाे समयमै शव नेपाल नअाई पुग्दा घरपरिवारहरु झनै समस्यमा पर्ने गरेका छन ।

    मृत्युु भएको साता दिन बितिसक्दा समेत छाेराकाे लास घरमा नअाउदा उनकाे घरमा रुवाबासी चलिरहेको छ । भूपालकी २५ वर्षीया श्रीमति
    दीलमाया र छाेरी ४ बर्षकि सुमिक्षा घरमै बस्दै अाईरहेका थिए । पतिको मृत्युको खबर सुनेर उनले समेत ५ दिन देखि पानी समेत नखाएपछि उनकाे अहिले हाेस समेत अाएकाे छैन चार दिन देखि बेहोस भएपछि उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको स्थानीय निर्मल भट्टराईले बताए।

    भूपाल बिगत ८ बर्ष देखि नै राेजगारीकाे शिलशिलामा अाउदै जादै गर्दे थिए । उनकै कमाईबाट सानाे झुपडी बाट ठुलाे दुई तल्ले घर बनाउन सफल भए तर उक्त घरमा राम्रोसँग बस्न समेत भुपालले पाएनन् । उनी सानै छँदा उहाँका बुबाको क्षयरोगका कारण मृत्यु
    भएको थियो । परिवारको सम्पूर्ण जिम्मा भूपालकै काँधमा रहेकाे उहाँकी आमा शारदाले बताईन ।

    घरमा शव आउँछ भनेर प्रतिक्षा गर्ने सबै आफन्तजनका आँशु सकिएका छन् । तर समून्द्रपारिबाट कुनै खबर आएको छैन् । शव नअाउदा उनीहरुकाे परिवारलाई बज्रपात नै भएको छ । मृत्युको खबरले शोकाकुल भएको कार्की परिवार यतिबेला शव कुरेर पिढिमा बसिरहेका छन। ६ दिन भइसक्यो, शव आउँदैन्, कसैले मारेका हुन् वा आफै मर्‍यो, केही खबर छैन्,आफ्नो दाहिने हात छिने जस्तै भयो भन्दै उनकि अामाकाे अाँसुका बलिन्द्र अासुका धारा राेकिएकाे छैनन।

    शवको प्रतिक्षा गर्नुपर्दा काज किरिया गर्न समेत समस्या भएको काका टेकबहादुर कार्कीले बताउनु भयो । ५ वर्ष अगाडि साउदी अरव बसेर फर्किएर भुपालले मधुमल्लाबाट मागी बिबाह गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...