News Portal

  • शिक्षिका बोहोरा ६ महिनादेखि बिद्यालयमा अनुपस्थित

    हिमाली संचार संवाददाता
    २९८ पटक

    सुशील भण्डारी
    अछाम, ९ चैत : अछामको मंगलसैन नगरपालिका वडा नम्बर ८ सुतुडामा रहेको कालिका आधारभुत बिद्यालयमा एकजना शिक्षक ६ महिनादेखी अनुपस्थित रहेको भेटिएको छ । १ देखी ५ कक्षा सम्म जम्मा ६५ जना बिद्यार्थि रहेको सो बिद्यालयमा ३ जना दरबन्दी, १ जना राहत र १ जना निजीबाट गरी जम्मा ५ जना शिक्षक छन् । शिक्षकहरु बिभिन्न सघं संगठनमा क्रियाशिल भएका, नेता हरुको पहुँचमा रहेका कारण शिक्षण पेशाप्रति गैर जिम्मेवार हुने गरेको अभिभावकहरुले बताउने गरेका छन्।

    बिद्यालयमा कार्यरत शिक्षिका मुगा बोहरा गत कार्तिक महिनाको २५ गते देखी बिद्यालयमा अनुपस्थित हुदा बिद्यार्थिहरुको पढाईमा बाधा पुगेको छ । शिक्षिका लामो समयसम्म बिद्यालयमा अनुपस्थित हुदाँ समेत राजनीतिक प्रभावका कारण उनको खोजी भएको छैन । अहिले उक्त बिद्यालयमा बार्षिक परिक्षा संचालन भईरहेको छ। तर नियमित पठन पाठन बिना नै बिद्यार्थिहरु परिक्षा दिन बाध्य भएका छन ।

    स्वास्थ्य समस्या देखाउदै शिक्षीका बोहरा २०७५ सालको दशै  बिदा पछि काठमाडौ गएकी हुन् । उनी नेपाल कम्युनिष्ट पाटी अछामका जिल्ला सदस्य चन्द्र बहादुर बोहराकी श्रीमती हुन।  बिद्यालयमा एक जना शिक्षक अनुपस्थित हुनुका कारण बिद्यार्थीको पठन पाठनमा प्रत्यक्ष समस्या आएको अभिभावकहरूले गुनासो गरेपनि सम्बिन्धत ठाउँमा भन्न सकेका छैनन्।
    शिक्षक अनुपस्थित भएका कारण बहु कक्षा शिक्षण गराएर बिद्यार्थीहरुलाई पठन पाठन गराउदै आइएको छ । स्वास्थ्यमा समस्या भएपनि स्वयम ब्यक्तिले कार्यालयमा उपस्थित भएर जानकारी गराउनु पर्दछ । शिक्षक अनुपस्थित हुदा बिद्यार्थीहरुको पठन पाठनमा चरम समस्या उत्पन्न भएको बिद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर रावलले बताए ।

    मंगलसैन नगरपालिका  भित्र रहेका ५१ वटा बिद्यालयको अनुगमनका क्रममा लामो समयसम्म बिद्यालयमा अनुपस्थित भएका ८ जना शिक्षक फेला परेका छन । समिक्षा बैठकबाट अनुपस्थित भएका शिक्षकहरुको तलव रोक्ने र पत्राचार गर्ने निर्णय गरिएको छ। उपस्थित हुदा खेरी पेश गरेको कागजातहरु सहीत बिद्यालयलाई यथार्थ रिपोर्ट ल्याउनको लागी पत्राचार गरिएपछि ४ जना शिक्षकहरुको फाईल नगरपालिकामा आएको छ भने ८ जना शिक्षकहरुको तलव रोक्का गरिएको मंगलसैन स्रोतकेन्द्रका स्रोत ब्यक्ति बृकेश सिंह बोगटीले बताए।

    बिद्यालयमा लामो समयसम्म अनियमीत हुने र लापरवाही गर्ने शिक्षकहरुलाई कारवाही गर्नको लागि केहि स्थानिय तहहरुले प्रक्रियाहरु अघि बढाएका छन् । सम्बन्धित स्थानिय तहहरुले अनुगमन गरेर आफुलाई सिफारीस गरेमा शिक्षा नियमावली भित्र रहेर कारवाही गरीने जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख लक्ष्मण गिरीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...