News Portal

न नागरिकता दिए, न त भत्ता !

हिमाली संचार संवाददाता
५०६ पटक

गंगा बराल
चैत ९, काठमाडौं : थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउकी धनकुमारी राई आफ्नै उमेर सम्झन सक्नुहुन्न, अर्थात् उहाँलाई कति सालमा जन्मे र कति वर्षकी भएँ भन्ने हेक्का नै छैन। बुबाआमा बितिहाले, कति वर्ष पुगें के थाहा’, उहाँ भन्नुहुन्छ– ‘नागरिकता त थियो, तर गाउँकै रोहित थारुले लग्यो, खै अझै ल्याइदिएको छैन।

सरकारले वृद्धभत्ता पनि दिन्छ भन्ने जानकारी छैन उहाँलाई। उहाँ थप्नुहुन्छ– ‘खोइ त्यस्तो त थाहा छैन, कसैले भन्दैन, नागरिकता लैजाँदा त पैसा देलान् कि जस्तो लाग्थ्यो, खै न पैसा दिए न नागरिकता नै आयो।

नुवाकोटमा हुँदा नै स्थानीय थारुले नागरिकता लगेका थिए। नुवाकोटको त्रिशूली स्थायी घर भएकी उहाँ अहिले कान्छी छोरीका नातिनातिनासँग बस्नुहुन्छ।केही महिनाअघि ललितपुरको हात्तीवन बस्ने कान्छी छोरीकहाँ बसेर अहिले नातिनातिनासँग बस्दै आउनुभएको हो। बिहान खाना खाएर प्रसूति गृह वरिपरि घुम्ने उहाँलाई केहीले माया गरेर आर्थिक सहयोग गर्छन्, कसैले खानेकुरा किनिदिन्छन्।

उहाँ अनुभव सुनाउनुहुन्छ– ‘मनमा दया हुनेले पैसा दिन्छन्, नहुनेहरू यो बूढीलाई किन पैसा दिने भन्दै हिँड्छन्।’ केही वर्षअघि भर्याङबाट लडेर सिकिस्त भएकाले हातखुट्टा पोल्ने र सधैं झमझमाउने बताउने उहाँ जीवनमा धेरै पीडा खेपेको दुखेसो पोख्नुहुन्छ।

श्रीमान्को निधन भएको दिन सम्झन नसकेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘कहिले हो कहिले थाहै छैन, छोडेर गइहाले, एक्ली भएँ, बुढ्यौलीको सहारा भन्नु यही एउटा लठ्ठी छ। एउटा क्षण उहाँलाई सपनाजस्तै लाग्छ। त्यो हो– छोरीको अचानक निधन।

औंशीको दिन चामल कुट्नुहुँदैन भनेर छोरीलाई बेलुका खाना नखुवाइकन सुताएको सम्झँदै भन्नुहुन्छ– ‘अचम्म भो, त्यो दिन चामल कुटिन, छोरीलाई भात खुवाउन पाइन, उसले त आजै राति मर्छु भनेकी थिई, बिहान उठ्दा बितिछ सपनाजस्तै भयो। उहाँका कोखबाट ३ छोरीको जन्म भएको थियो। नुवाकोटको त्रिशूली स्थायी घर भएकी उहाँ अहिले कान्छी छोरीका नातिनातिनासँग बस्नुहुन्छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...