News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • निर्मला पन्त प्रकरण : एसपी विष्टको मुद्दामा थुनछेक बहस सुरु

    हिमाली संचार संवाददाता
    ३४५ पटक

    भवानी भट्ट
    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा यातना र प्रमाण नष्टको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधबार दिउँसो बयान सकिएपछि कञ्चनपुर जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

    वादी पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका छन् । प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन् ।

    ‘थुनछेक बहस निरन्तर छ, बुधबार वादी पक्षको बहस सकिएको छ,’ जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘शुक्रबार बहस निरन्तर अघि बढ्छ ।’ उनका अनुसार प्रतिवादी तर्फबाट थप कानुन व्यवसायीले बहस गर्ने जानकारी भए पनि कस–कसले गर्ने भन्ने विषयमा यकिनभइसकेको छैन ।

    मंगलबार जिल्ला अदालतमा आफैं उपस्थित भएका विष्टको दोस्रो दिन बयान सकिएको हो । उपस्थित भएसँगै पहिलो दिन यातनासम्बन्धी कसुरमा बयान लिइएको थियो भने दोस्रो दिन बुधबार सार्वजनिक न्यायविरुद्धको कसुरमा बयान लिइएको हो । उनलाई प्रहरी हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढेको छ ।

    फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरेपछि फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका हुन् ।

    सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकै दिन यातना र सार्वजनिक कसुर लागेका ६ जना प्रहरी अदालतमा उपस्थित भएका थिए । उनीहरूलाई फागुन ३० गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश दिएको हो । विष्टको मुद्दा पनि आचार्यकै इजलासमा परेको छ ।

    पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही दिन दिलीप विष्टका दाइ खड्कले विष्टसहित ४ जनाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए । भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीपलाई प्रहरीले यसअघि मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बेलायतको थेम्स नदी किनारमा भेटिएको शव नेपालका युवक विद्यार्थी भएको पुष्टि

    बेलायत, वैशाख २० – लण्डनस्थित थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक युवा विद्यार्थी...

    त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा राष्ट्रिय महिला फुटबल टोलीको सहभागितासहित पुरस्कार वितरण समारोह सम्पन्न

    त्रिशूली, वैशाख १९ — त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले शुक्रबार एक भव्य पुरस्कार वितरण समारोहको आयोजना...

    आजको राशिफल

    आज वैशाख २०, २०८२ (मे ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, भोलि शनिबार हायात होटेलमा उद्घाटन हुने

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ। सर्वोच्च अदालतमा दायर...

    राजनैतिक दलहरु आत्मघाति खेलमा

    राजनैतिक दलहरु बिनासको मार्गमा अग्रसर हुदै जादा देश अझै रित्याउने बिदेशी हस्तक्षेप निम्त्याएर आफुहरु शक्तिमा...