News Portal

एनआरएनए कुवेतद्वारा नेपाल र कुवेत बिचको फुटबल खेल हेर्न जाने नेपालीका लागि यातायात सेवा प्रदान

हिमाली संचार संवाददाता
६९५ पटक

कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस क्लब स्टेडियममा कुवेत फूटबल संघको आयोजनामा हुन लागेको नेपाल र कुवेतको राष्ट्रिय फुटबल टिम बिच मैत्रिपुर्ण खेल हेर्न जाने नेपालीहरुका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसि)कुवेतले यातायात सेवा दिने भएको छ।

उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टिमलाई हौसला प्रदान गर्न कुवेतबासी सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाई दिदिबहिनीहरु खेल मैदानमा उपस्थित भईदिनु हुन एनआरएनए एनसिसि कुवेतले अनुरोध समेत गरेको छ ।

खेल हुने सम्बन्धि नेपाली राजदुतावास कुवेतले दिएको सूचना यस्तो छ : 

एनसिसि कुवेतले आफ्नो सवारी साधन नभएका खेलप्रेमी दर्शकहरुको लागि फाहाहिल देखि खेल मैदान सम्म यातायातको ब्यबस्था गरेको जनाएको छ।

साथै यातायातको थप जानकारीका लागी एनसिसि कुवेतकि अध्यक्ष सुमित्रादेबि पौडेलको सम्पर्क नम्बर ५५०३३४४०, महासचिब हरि लावतीको सम्पर्क नम्बर ९७२७८३७९ र सचिब उमेश पुडासैनीको नम्बरमा ५१६९०५१२ सम्पर्क गरि जानकारी लिन सकिने बताएइको छ।

        तपशिल :

स्थान : Fahaheel Grand Hyper Market पछाडि,
समय : बेलुकी ५ः३० देखि ६ः०० बजे सम्म।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11432

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...