News Portal

राखेप र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिलेसम्म झुकाउने ?

हिमाली संचार संवाददाता
४९६ पटक

गोपाल काफ्ले पथरी
चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ । पथरी बहुमुखी क्याम्पसकी स्ववियू उपसभापती निता कुलुङ राईले प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता नाम सहयोगी संस्थाहरुलाई भुङ्ग्रोमा हालेकी छन ।

पुर्वी मोरङमा रहेका ६ ओटा बहुमुखी क्याम्पसको सहभागिता हुने भन्दै स्थानिय निकाय र ब्यापारीहरु संग सहयोग लिएकी थिन । तर खेलमा २ वटा क्याम्पस पथरी बहुमुखी र उर्लाबारी बहुमुखी मात्र सामेल भएका थिए भने २ वटा पथरीशनिश्चरेका निजि विद्यालय एभरेष्ट आवासिय विद्यालय र रेड स्टार बिध्यालयलाई सहभागिता जनाएर खेल समापन गरेकी छन ।

निजि विद्यालयका निर्देशकले भने आफुहरुलाई मौखीक जानकारी गराई खेलमा सहभागिता जनाई दिन आग्रह गरेको तर कुन स्तरको खेल हो भनेर स्पष्ट जानकारी नदिएको वताएका छन् । सहभागिताका लागि मात्र आफुहरुलाई उपस्थिति जनाई दिन आयोजकले अनुरोध गरेकाले आफ्नो विद्यालयको सहभागिता रहेको उनीहरुको भनाई रहेको छ ।

पथरी बहुमुखी क्याम्पसकी अनेरास्ववियूकी बिध्यार्थी नेत्रि राईले पौष १४ देखि १७ संम्म संचालित महिला फुटवलको नाममा समेत राखेपको आँखा छलेकी छन । अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसको आयोजनामा भएको महिला फुटवलमा राईले न्यू स्टार क्लवको पत्र मिलाएर ७५ हजार निकालेको र हाल सम्म पनि सो रकमको हिसाव नबुझाएका कारण अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले हिसाव सावजनिक गर्न सकेको छौन ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11540

सोहि फुटवलमा पथरीशनिश्चरे नगर र स्थानिय ब्यापारी संघ संस्थाबाट समेत सहयोग लिएको थियो । यता अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले राईका कारणले महिला फुटवल प्रतियोगिताको हिसाव सावजनिक समेत गर्न पाएको छन । राईले नगर खेलकुद, राष्ट्रीय खेलकुद परिसद, स्थानिय निकाय, ब्यापारी र संघ सस्थालाई छलेर खेलकुदको नाममा गरिखाने भाडो बनाउदा समेत संम्बधित निकाय मौन बसेको छ ।

खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको किरात राई खेलकुद संघ मोरङ जिल्ला अध्यक्ष निता राईले वताईन् ।

२ क्याम्पस सहभागि जनाएको भलिवल प्रतियोगिताको १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको छ भने सो प्रतियोगिताको पुरस्कार राशिमा पहिलोलाई १५ हजार र दोस्रोलाई १० हजार घोषण गरिएको छ । प्रतियोगितामा एउटा साउण्ड बक्स र स्थानिय खेलाडीलाई एम्पाएर राखिएको छ जस्मा साउण्डको ६ हजार र स्टेजमा १५ हजार खर्च भएको कुलुङले वताईन ।

फागुन २६ गते आयोजित पत्रकार सम्मेलनमा मोरङका ६ वटा क्याम्पसको सहभागिता रहने आयोजक किरात राई खेलकुद संघ मोरङले जानकारी गराएको थियो भने पथरीशनिश्चरेका २ वटा निजि विध्याललाई खेलमा सहभागी गराई खेल समापन गरेको छ ।

आयोजकले सहयोगी लागि स्थानिय सरकारलाई मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता भने पनि अन्त्यमा २ क्याम्पस बिच खेल खेलाई सहयोगी सस्थाहरुको आखाँमा छारो हाल्ने र रकम निकाशा गर्न खोजेको देखीएको छ ।

सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरु भने यो खवर सुनेर आश्चर्य चकित परेको वताए ।

संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले मार्यादा विपरित खेल सञ्चालन भएकोले प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...