News Portal

जनकपुरकाे होलीमा मुख्यमन्त्रीदेखि सर्वसाधारणसम्म झुमे

हिमाली संचार संवाददाता
३७३ पटक

जनकपुर -होलीको अवसरमा प्रत्येक वर्षझैँ यसवर्ष पनि जानकी मन्दिरको प्राङ्गणमा होरी महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ । मिथिला नाटक कला परिषद्ले जनकपुरमा मंगलबारदेखि होरी महोत्सवको आरम्भ भएको हो ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लामा होरीको अवसरमा मिथिलामा गाइने होरैया (गीत) का लागि होरैया समूहहरुको सहभागितामा प्रतियोगितात्मक होरी महोत्सव २०७५ को आयोजना औपचारिक रुपमा सुरु भएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले औपचारिक रुपमा होली महोत्सवको उद्घाटन गरेका थिए । होरी महोत्सवको होरैया प्रतियोगितामा सहभागिताका लागि धनुषा, महोतरी र सप्तरीबाट ७ वटा होरैया समूहहरु सहभागि भएका छन् ।

प्रतियोगीतामा सहभागि प्रत्येक समूहले मिथिलाको परम्परागत मौलिक झल्किने गरी होरैया गान गाउँदै नाच्ने समेत गरेका छन् ।

महोत्सवको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले यसवर्षको होरी पर्वले मधेस र देशमा विद्यमान मतभेद हटाएर विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सबैमा शुभकामना व्यतm गरेका छन् ।

उनले होली पर्व कुनै विशेष जात धर्म समुदायको नभई सबैका पर्व रहेको र यस पर्वले समाजमा भाइचारा, एकता र सद्भाव कायम राख्न मद्दत गर्ने बताए ।

हिन्दी भाषामा बोल्दै आएका मुख्यमन्त्री राउतले पहिलोपटक मैथिली भाषामा सम्बोधन गरेर शुभकामना मन्तव्य व्यतm गरेका थिए ।

मिनापले मुख्यमन्त्री राउतलाई होरैया र फगुवा गान गाँउदा मुख्यतः प्रयोग हुने डम्फा मायाको चिनो उपहार स्वरुप प्रदान गरेको छ ।

होरी महोत्सवमा जमुनीवास, गिद्धा वेलापट्टी, सप्तरी, धनुषाधाम मंगलवार, पिपरा, हरिपुर र वेलाको समुह सहभागिता छन् ।

७ टिममध्ये तिन टिमलाई ट्रफीसहित पुरस्कृत गरिने मिनापले जनाएको छ । महोत्सवको सुरुवात मिनापको फगुवा गानवाट सुरु भएको थियो । कार्यक्रमका बीच महोत्सवमा सहयोग गर्नेहरुलाई मुख्यमन्त्री राउतले सम्मान गरेका थिए ।

त्यस्तै महामुर्ख सम्मेलनबाट होलीको अवसरमा प्रत्येक वर्ष एकजना सार्वजानिक पद धारण गरेका विशिष्ठ व्यतिmत्वलाई महामुर्खको मानपदवी प्रदान गर्ने परम्परा रहेको छ ।

महामुर्ख सम्मेलनमार्फत समाजका विशिष्ट व्यक्तिहरूलाई महामुर्ख, पटमुर्ख, मुर्खाधिराजलगायतका मानपदवी दिइने गरेको छ ।

हराउँदै गएको पारम्परिक होरैया (होली गीत) को जगेर्ना र संरक्षणका लागि प्रत्येक वर्ष मिनापले होली महोत्सव र महामुर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...