News Portal

ठकुरी सहयोग सञ्जाल युएईको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
५४७ पटक

युएई १६, मार्च : ठकुरी सहयोग सञ्जाल युएईले गएको शुक्रवार युएईको मुस्रीफ पार्कमा पहिलो बनभोज तथा भेटघाट कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युएईमा रहनुभएका ठकुरी दाजुभाइ तथा दिदिबहिनीहरुका साथै अन्य संघसंस्थाका ब्यक्तिहरु गरि करिब २०० जनाको उपस्थिती रहेको थियो ।

बनभोज तथा भेटघाट कार्यक्रममा बिदेश प्रमुख रामु शाही, सल्लाहकार बिश्व देब शाह, सल्लाहकार भिम हमाल, पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, राष्ट्रिय लोक तथा दोहिरी गीत युएई शाखाकी उपाध्यक्ष ओमकुमारी खाँड, स्याङ्जा सहयोग समाज युएई, दाङ देउखुराली समाज युएई, नवलपरासी समाज युएई, पर्वत सेवा समाज युएई, आइ एम ई लिमिटेड, नेपाली कलाकार समूह युएई तथा अन्य धेरै संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिभिन्न किसिमका नेपाली परिकारका खानाहरु खांदै साथमा लाईभ दोहोरी, तथा स्थानिय कलाकारहरु होमनाथ कुँवर, नरेन सापकोटा, बाबुराम परियार, लक्ष्मण सुनारले आ-आफ्नो प्रस्तुति दिंदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा घैटो फोर, दिमाग लगाउने प्रश्नहरु तथा अन्य प्रश्नहरु सोध्दै खेल खेलाउदै १० जनालाई आकर्षक गिफ्ट ह्याम्बर प्रदान गरिएको थियो। IME लिमिटेडबाट ५ जनालाई, ठकुरी सहयोग सञ्जाल युएईको तर्फबाट ४ जनालाई तथा प्रकाश ढकालको तर्फबाट बिजेता बेद प्रसाद अर्याललाई नेपाली रु १ हजार प्रदान गरिएको थियो ।

बनभोज कार्यक्रमका संयोजक दिपक शाही ठकुरीले कार्यक्रम सपापन गर्दै सम्पुर्ण उपस्थिति दाजुभाई दिदिबहिनीहरुलाई धन्यवाद दिनुभएको थियो भने औपचारीक कार्यक्रम संस्थाका सचिब दिनेश कुमार मल्ल, अोम कुमारी खाँण र सांस्कृतिक कार्यक्रम प्रकाश ढकालले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...