News Portal

ठकुरी सहयोग सञ्जाल युएईको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
४८८ पटक

युएई १६, मार्च : ठकुरी सहयोग सञ्जाल युएईले गएको शुक्रवार युएईको मुस्रीफ पार्कमा पहिलो बनभोज तथा भेटघाट कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युएईमा रहनुभएका ठकुरी दाजुभाइ तथा दिदिबहिनीहरुका साथै अन्य संघसंस्थाका ब्यक्तिहरु गरि करिब २०० जनाको उपस्थिती रहेको थियो ।

बनभोज तथा भेटघाट कार्यक्रममा बिदेश प्रमुख रामु शाही, सल्लाहकार बिश्व देब शाह, सल्लाहकार भिम हमाल, पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, राष्ट्रिय लोक तथा दोहिरी गीत युएई शाखाकी उपाध्यक्ष ओमकुमारी खाँड, स्याङ्जा सहयोग समाज युएई, दाङ देउखुराली समाज युएई, नवलपरासी समाज युएई, पर्वत सेवा समाज युएई, आइ एम ई लिमिटेड, नेपाली कलाकार समूह युएई तथा अन्य धेरै संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिभिन्न किसिमका नेपाली परिकारका खानाहरु खांदै साथमा लाईभ दोहोरी, तथा स्थानिय कलाकारहरु होमनाथ कुँवर, नरेन सापकोटा, बाबुराम परियार, लक्ष्मण सुनारले आ-आफ्नो प्रस्तुति दिंदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा घैटो फोर, दिमाग लगाउने प्रश्नहरु तथा अन्य प्रश्नहरु सोध्दै खेल खेलाउदै १० जनालाई आकर्षक गिफ्ट ह्याम्बर प्रदान गरिएको थियो। IME लिमिटेडबाट ५ जनालाई, ठकुरी सहयोग सञ्जाल युएईको तर्फबाट ४ जनालाई तथा प्रकाश ढकालको तर्फबाट बिजेता बेद प्रसाद अर्याललाई नेपाली रु १ हजार प्रदान गरिएको थियो ।

बनभोज कार्यक्रमका संयोजक दिपक शाही ठकुरीले कार्यक्रम सपापन गर्दै सम्पुर्ण उपस्थिति दाजुभाई दिदिबहिनीहरुलाई धन्यवाद दिनुभएको थियो भने औपचारीक कार्यक्रम संस्थाका सचिब दिनेश कुमार मल्ल, अोम कुमारी खाँण र सांस्कृतिक कार्यक्रम प्रकाश ढकालले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...