News Portal

पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्छन दलित समुदायका युवा

हिमाली संचार संवाददाता
५५८ पटक

कृष्ण दर्नाल/पाल्पा : दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने यहाँका सार्की जातिको परम्परागत पेशा हो ।

नेपाली, बस्याल, हिताङ्ग समुदायका युवाले परम्परागत पेशालाई आधुनिकीकरण गरेर प्रशस्त आम्दानी लिन थालेपछि युवाको आकर्षण बढेको हो । तानसेन वसन्तपुर शुभकामना शु सेन्टर सञ्चालक रामप्रसाद बस्यालले मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो । दशैँ, तिहार र स्कुल भर्नाको समयमा जुत्ताको माग बढी हुने बस्यालको भनाइ छ । छालाको जुत्ता बनाउने पेशाबाट बस्यालको पाँच जनाको परिवारको प्रमुख आम्दानीको स्रोत रहेको बस्यालको भनाइ छ ।

स्थानीय निकायले स्थानीयस्तरमा तालीम सञ्चालन गरेपछि बेरोजगार युवाले सीप सिकेर व्यवसाय गर्न थालेपछि मासिक रु २० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने व्यवसायीको भनाइ छ । स्वदेशमा घर परिवारसँग बसेर प्रशस्त आम्दानी हुने र स्वदेशमा नै मानसम्मान पाउने भएपछि यो व्यवसायमा लाग्ने विदेश जाने सोचमा नभएको व्यवसायी बताउँछन् ।

बस्यालले ग्रामीण आर्थिक विकास केन्द्र पाल्पाको सहयोगमा छालाका जुत्ता बनाउने तालीम पाएपछि विसं २०५६ मा छाला जुत्ता बनाउने घरेलु उद्योग सञ्चालन गर्नुभएको थियो । कामको खोजीमा अधिकांश युवा विदेशिएका बेला पाल्पाका युवा स्वदेशमा नै ज्ञान, सीप र श्रम गर्नेका लागि पैसा कमाउन विदेश जानु पर्दैन भन्ने नमूना बनेका छन् ।

छोराछोरीलाई राम्रो स्कुलमा पढाउन, सुखपूर्ण घरपरिवारको लालनपालन गरी आवश्यक पैसा वित्तीय संस्थामा बचत गर्न सफल भएका छन् । केही व्यवसायले सदरमुकाम तानसेन क्षेत्रमा घरसमेत बनाइसकेको छन् । छालाका जुत्ताको कारोवार बाह्रै महीना हुँदै आएको छ । छालाका जुत्ता पसलमा स्कुले बालबालिकादेखि विवाह भोज तथा अफिस जाँदा लगाउन जुत्ता बनाउने काम हुन्छ ।

न्यूनतम रु ६०० देखि दुई हजार ५०० सम्मका जुत्ता पाल्पामा उत्पादन हुने व्यवसायीको भनाइ छ । दलित समुदायका युवालाई छालाका जुत्ता बनाएबापत सामाजिकरुपमा विभेद हुँदै आउने भए पनि पछिल्ला वर्षमा जातीय छुवाछूतजन्य व्यवहारसमेत हुन छाडेको छ । काम गरेपछि मामको जोहो गर्न सजिलो हुने र दुई चार पैसा कमाएपछि झनै सामाजिक सम्मान हुने व्यवसायी बताउँछन् ।

सानो लगानीबाट प्रशस्त आम्दानी हुने भएपछि परम्परागत पेशाप्रति युवा पुस्ताको आकर्षण बढेको छ । विवाह तथा सार्वजनिक कार्यक्रम छालाको जुत्ताको प्रयोग बढेको छ । सरकारी कर्मचारी, स्कुल पढ्ने विद्यार्थीको समेत छालाको जुत्ताको प्रयोग बढेको छ । छाला जुत्ता उत्पादन गर्ने उद्योग फस्टाउन सफल भएको व्यवसायी गोविन्द नेपालीले बताउनुभयो ।

पाल्पा सदरमुकाम तानसेन र रामपुरमा छालाको जुत्ताको कारोवार बढी हुँदै आएको छ । जिल्लाको व्यापारिक केन्द्र हार्थोक, छहरा, अर्गाली, कसेनी, झडेवा, खहरे, आर्यभञ्ज्याङ, ताहुलगायतका क्षेत्रमा छाला जुत्ताको पसल विस्तार हुँदै गएको छ । यो समुदायका मानिसको आयस्रोतसमेत बढ्दा परिवार सुख बढेको बताउँछन् ।

नयाँ छालाका जुत्ता उत्पादन गर्नेदेखि सडकका चोकचोकमा जुत्ता मर्मत गर्नेसमेत परिवारले जीविकोपार्जन राम्रोसँग गर्न सफल भएका छन् । सीप भएपछि ठूलो लगानीको आवश्यकता नरहने र जानेको काम गर्दा कोही सानो र कोही ठूलो हुने भन्ने मान्यता तोडेर काम गरेमा पैसा कमाउनका लागि अरुको देशमा श्रम बेच्न नगर्ने दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले बताउनुभयो ।

दलित समुदायका छालाका जुत्ता बनाउने पेशालाई संरक्षण गर्नका लागि स्थानीय सरकारले बजेट तथा कार्यक्रम तय गरी सञ्चालन गर्न सकेको अवस्थामा बेरोजगार समस्या केही मात्रामा सहज हुने सरोकारवाला पक्षको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...