News Portal

सुर्खेतको सिम्ताका बलबहादुर हराएको २१ बर्षपछि परिवारको सम्पर्कमा आए

हिमाली संचार संवाददाता
७२८ पटक

फागुन ३० सुर्खेत : युवा अवस्थामा भारतमा हराउनु भएका सुर्खेत सिम्ताका बलबहादुर कामी करिब २१ वर्षपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छ। ३४ बर्षको उमेरमा रोजगारीको शिलशिलमा भारत जानु भएका उहाँ हराएको २१ बर्षपछि फेला पर्नुभएको हो।

सुर्खेतको सिम्ता गाँउपालिका साविक डाडाँखाली गाविस वडा नम्बर ७ का बलबहादुर कामी (बाङगो) भारतको सिम्लामा फेला पर्नुभएको आफन्तले जनाएका छन। २०५४ सालमा घरदेखी भारत जान हिड्नुभएका बलबहादुरको अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको थिए। ५७ वर्षीय बलबहादुरको भारतमा रहेका जेठो छोरा र ज्वाइसंग पुनर्मिलन भएपछि आफन्त हर्षित भएका छन।

२१ बर्ष अगाडी साथीहरुसँगै भारत पुग्नुभएका बलबहादुर एक्लै रेल चढेपछि बिछोडिनु भएको थियो। त्यसपछि आफ्नो ठाँउ विर्सनु भएका उहाँले धेरै बर्ष भारतका विभिन्न शहरहरुमा निकै दुख, कष्ट्रको सामना गर्नुपरेको हामीसंग फोनमा बताउनुभयो।

उहाँले फोनमा भन्नुभयो ‘आजसम्मको जीवन यत्तिकै खेर गयो, अब नेपालमा जाने इच्छा छ,अव छोराको साथ पाए घरजाने धोको पुरा हुन्छ भन्ने लागेको छ।उहाँ अहिले भारतमा आफ्नो जेठो छोरा र ज्वाइसंग रहनु भएको छ।अस्ति मात्र उहाँका छोरा लिलवहादुर विकले आफ्ना बुवा भेटिएको खबर पाएपछि भेनाजु दलविरलाइ साथमा लिएर सिम्ला पुग्नुभएको हो।

सिम्ला पुगेपछि शुरुम बुलालाइ चिन्न गाँह्रो भयो, पछि सबैले बुवा हुनुहन्छ भनेपछि चिन्ने।आफु ६/७ बर्षको उमेर हुदाँ हराउनु भएका बुवा भेटेनुहुन्छ भन्ने कल्पना समेत नगरेको उहाँको भनाइ छ। वुवाको अनुहार समेत याद नभएका लिलबहादुरलाइ बुवा भेटिनुभयो भन्दा शुरुमा विश्वास नै लागेनन् पछि सबैले हो, भनेपछि मात्र थाहा भयो।

उहाँले भन्नुभयो अबछिटै बुवालाइ नेपाल ल्याउने धोको छ। बलबहादुरका दुइ छोरा र दुइ छोरी छन भने श्रीमतीको भने केही बर्ष अघि नै अन्यत्र विहे भइसकेको छ। घरजाने इच्छा भएपनि जाने ठाँउ पत्ता लागाउन नसक्दा समस्या परेको बलबहादुरको भनाइ छ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...