News Portal

कार्यालय सहयोगीको भरमा विवाह खान गए जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी

हिमाली संचार संवाददाता
३२९ पटक

फागुन ३०, खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको हो । काम लिएर आएका सेवाग्राहीलाई बेलुकी आएर काम गरिदिने भन्दै गाउँपालिकाको कामलाई छोडेर कर्मचारी गाडी रिजर्भ गरेर गएको स्रोतले बताएको छ ।

गाउँपालिकाको कार्यालय र वडा नम्बर–५ को वडा कार्यालयका कर्मचारी कार्यालय सहयोगीलाई कार्यालय जिम्मा लगाएर विवाहमा गएपछि साँझसम्म पर्खदा पनि कर्मचारी नआएपछि गाउँपालिकामा काम लिएर आएका सेवाग्राही आक्रोशित बन्दै घर फर्किएका थिए ।

विवाहमा गाउँपालिकाका प्रमुख शंकर बहादुर राईलगायतका जनप्रतिनिधिहरु तथा कर्मचारी कार्यालय विहीन बनाएर गएको एक स्रोतको दावी छ । यस विषयमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष राईलाई पटक–पटक टेलीफोन गर्दा उनले फोन उठेन ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँई १२ दिनदेखी कार्यालयमा नरहेको स्थानीयले गुनासो गरेका छन् । गुरागाँई लामो समयदेखी कार्यालयमा नहुँदा सवै काम प्रभावित बनेको बताईएको छ । गुरागाँईले टेलीफोन सम्पर्कमार्फत आफु काम लिएर काठमाडौं गएर काजमा बसेको बताएको हाम्राकुरामा समाचार छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...