News Portal

कार्यालय सहयोगीको भरमा विवाह खान गए जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी

हिमाली संचार संवाददाता
३११ पटक

फागुन ३०, खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको हो । काम लिएर आएका सेवाग्राहीलाई बेलुकी आएर काम गरिदिने भन्दै गाउँपालिकाको कामलाई छोडेर कर्मचारी गाडी रिजर्भ गरेर गएको स्रोतले बताएको छ ।

गाउँपालिकाको कार्यालय र वडा नम्बर–५ को वडा कार्यालयका कर्मचारी कार्यालय सहयोगीलाई कार्यालय जिम्मा लगाएर विवाहमा गएपछि साँझसम्म पर्खदा पनि कर्मचारी नआएपछि गाउँपालिकामा काम लिएर आएका सेवाग्राही आक्रोशित बन्दै घर फर्किएका थिए ।

विवाहमा गाउँपालिकाका प्रमुख शंकर बहादुर राईलगायतका जनप्रतिनिधिहरु तथा कर्मचारी कार्यालय विहीन बनाएर गएको एक स्रोतको दावी छ । यस विषयमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष राईलाई पटक–पटक टेलीफोन गर्दा उनले फोन उठेन ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँई १२ दिनदेखी कार्यालयमा नरहेको स्थानीयले गुनासो गरेका छन् । गुरागाँई लामो समयदेखी कार्यालयमा नहुँदा सवै काम प्रभावित बनेको बताईएको छ । गुरागाँईले टेलीफोन सम्पर्कमार्फत आफु काम लिएर काठमाडौं गएर काजमा बसेको बताएको हाम्राकुरामा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...