News Portal

रोल्पाका एक युवाको कतारमा सडक दुर्घटनामा परी मृत्यु

हिमाली संचार संवाददाता
४३९ पटक

काशीराम डाँगी
वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ ।

दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पा ली सेवा समाजले पृथ्वीको सडक दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको जानकारी गराएको हो। दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनी उक्त सङ्गठनका आर्थिक सल्लाहकार थिए। दुर्घटनापछि कतारस्थित सङ्गठनका अध्यक्ष केशवराज खड्का र सचिव ठगेन्द्र वलीले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाको पुष्टि गर्दै सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थाल्ने बताए। कतारस्थित नेपाली दूतावाससँगको समन्वयमा प्रतिवेदन तयार गरिरहेको खड्काले बताए। दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।

लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ। सामाजिक कार्यमा रुचि राख्दै आएका युवा पृथ्वीको मृत्युबाट समाजमा क्षति पुगेको भन्दै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरूको संस्था रोल्पा ली सेवा समाजका शाखाहरूले दुःख व्यक्त गरेका छन्।

तस्बिर : अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...