News Portal

म्याग्दी प्रवासी संघ कुवेतको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा चयन

हिमाली संचार संवाददाता
५०८ पटक

कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

शुक्रबार कुवेतको फवार्नियास्थित अडिटोरियम हलमा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष दीपक छन्त्याल, खिम गिरी, मान बहादुर फगामी, महासचिव चन्द्र विश्वकर्मा, सचिव शेर सुनार, सहसचिव तेजिन श्रेष्ठ, कोषाध्यक्ष कृष्ण बहादुर खड्का, सह कोषाध्यक्ष तुल बहादुर पुन रहेका छन् ।

समितिको सदस्यहरुमा अर्जुन शाही, खेम परियार, झलक बरुवाल, चित्र बहादुर विश्वकर्मा, बाबुराम गौतम, लालु परियार, रबीन जुग्जाली, जस विश्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटुवाल रहेका छन् । मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मा, सल्लाहकार नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र तिलक भण्डारी रहेका छन्

अधिवेशनको नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले उद्घाटन गदैं कुवेतमा रहेका नेपालीहरुको बिचको सहकार्य र एकताले समस्या समाधानमा सहज हुने बताए । कार्यक्रममा कुवेतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनको अवसरमा जनजागृति यूवा क्लवका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ती नेपाल कुवेतका महासचिव जगनारायण थारु माझी, सु्दुरपश्चिमेली समाज कुवेतका अध्यक्ष अमर खड्का, आदीबासी जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राई, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेल र उक्त कार्यक्रममा मोना अन्तराष्ट्रियले सुरु गरेको १ करोडको महिला तथा बालबालिका अक्षय कोष स्थापना गर्न मोना कुवेतमार्फत १ लाख सहयोग गर्ने घोषणा गरिएको अध्यक्ष प्रेम विश्वकर्माले बताएका थिए।

कार्यक्रमको स्वागत बिमल पुन, सञ्चालन चन्द्र विश्वकर्मा र कृष्णप्रसाद खड्काले गरेका थिए । संस्था र कार्यक्रमको बारेमा सल्लाहकार तिलक भण्डारीले जानकारी गराएका थिए भने खिम गिरिको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...