News Portal

म्याग्दी प्रवासी संघ कुवेतको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा चयन

हिमाली संचार संवाददाता
५४५ पटक

कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

शुक्रबार कुवेतको फवार्नियास्थित अडिटोरियम हलमा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष दीपक छन्त्याल, खिम गिरी, मान बहादुर फगामी, महासचिव चन्द्र विश्वकर्मा, सचिव शेर सुनार, सहसचिव तेजिन श्रेष्ठ, कोषाध्यक्ष कृष्ण बहादुर खड्का, सह कोषाध्यक्ष तुल बहादुर पुन रहेका छन् ।

समितिको सदस्यहरुमा अर्जुन शाही, खेम परियार, झलक बरुवाल, चित्र बहादुर विश्वकर्मा, बाबुराम गौतम, लालु परियार, रबीन जुग्जाली, जस विश्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटुवाल रहेका छन् । मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मा, सल्लाहकार नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र तिलक भण्डारी रहेका छन्

अधिवेशनको नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले उद्घाटन गदैं कुवेतमा रहेका नेपालीहरुको बिचको सहकार्य र एकताले समस्या समाधानमा सहज हुने बताए । कार्यक्रममा कुवेतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनको अवसरमा जनजागृति यूवा क्लवका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ती नेपाल कुवेतका महासचिव जगनारायण थारु माझी, सु्दुरपश्चिमेली समाज कुवेतका अध्यक्ष अमर खड्का, आदीबासी जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राई, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेल र उक्त कार्यक्रममा मोना अन्तराष्ट्रियले सुरु गरेको १ करोडको महिला तथा बालबालिका अक्षय कोष स्थापना गर्न मोना कुवेतमार्फत १ लाख सहयोग गर्ने घोषणा गरिएको अध्यक्ष प्रेम विश्वकर्माले बताएका थिए।

कार्यक्रमको स्वागत बिमल पुन, सञ्चालन चन्द्र विश्वकर्मा र कृष्णप्रसाद खड्काले गरेका थिए । संस्था र कार्यक्रमको बारेमा सल्लाहकार तिलक भण्डारीले जानकारी गराएका थिए भने खिम गिरिको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...