News Portal

पुर्वि मोरङका पत्रकारद्वय खड्का र बेघा पुरस्कृत

हिमाली संचार संवाददाता
३६७ पटक

उर्लाबारी २५, फागुन : मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत पत्रकार खड्का र बेघालाई कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी नगद १० हजार १ रुपैंया /नगद १० हजार १ रुपैंया छ । पत्रकार खड्का रातोकलम डटकमका प्रधान सम्पादक र बेघा साइनोखबर डटकमका सम्पादक हुनुहुन्छ ।

सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज हस्तान्तरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गर्नुभएको हो ।

पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व.जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गर्नुभएको पुरस्कारका संरक्षक गोपाल काफ्लेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...