News Portal

अत्याधिक वर्षा हुँदा सल्यानको कालिका माबिको चौर निर्माण गर्दा लगाइएको तालजालि बगायो

हिमाली संचार संवाददाता
६४० पटक

सल्यान – सल्यानको कपूरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा तारजाली लगाएर निर्माण गरिएको चौर अविरल वर्षाले बगाएको छ । कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा चौर निर्माण गर्दा लगाइएको तालजालिमध्ये १७५ थान जालि बगाएको विद्यालयले जनाएको छ । आइतबार विहान ४ बजेतिर ठूलो संख्यामा तारजाली वर्षासंगै भत्कीएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरले जानकारी दिए ।

विद्यालयको चौरसहित भत्कीएर गएका जालिले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा नोक्सानी गरेको छ । साथै फिल्ड नै भत्कीएपछि कालिका माविका विद्यार्थी खेल्न तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या पर्ने भएको प्रधानाध्यापक खिमलाल गिरीले बताए । जिल्लाकै नमुना विद्यालय बन्ने तयारिमा रहेको कालिका माविलाइ फिल्ड भासिएपछि केहि चुनौती थपिएको छ ।

२०६९ सालदेखि लगाएको तारजालिमा विद्यालयले २१ लाख रुपैयाँ खर्च गरेको थियो । यस अघि २०६९ सालको साउन ६ गते परेको अविरल वर्षाले कालिका माविको पुरै भवनहरु भासिएका थिए । त्यसपछि जग्गा खरिद गरेर नयाँ भवन निर्माण गरेको विद्यालयलाइ फेरि अर्काे समस्या थपिएको हो । नेस

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...