News Portal

कुवेतमा सवारी दुर्घटनामा घाईते गंगा मगरलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४२३ पटक

कुवेत : कुवेतमा सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका गंगा गुर्मछानेलाई आर्थिक सहयोग भएको छ । उनको परिवारलाई सुदुर पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा उठेको जम्मा रकम १ लाख २६ हजर ४ सय ५८ नेपाली रुपियाँ सहयोग गरिएको हो। खोटाङ बाहारा पोखरी गाउपालिका सुन्तले निवासी वर्ष २७ का गंगा गुर्मछाने मगर परिवारको खुशी किन्नको लागि भारी सपना बोकी कुवेत आएका थिए ।

अवशोच ! उनका सपनाहरु सपनामै सिमित रहे, रहर अनि इच्छाहरु बिलाएर गए । घर छोडेर आएको केहि महिनामै साहुको ऋण तिर्नु नपाउदैं १६ सेप्टेम्बर  २०१८ को राति डिउटी जाने क्रममा बस दुर्घटनामा परेर गम्भिर घाइते भएका थिए।

केहि महिनासम्म अचेत अवस्थामा रहेका उनको स्वास्थ्यमा केहि सुधार भए पनि अहिलेसम्म जाहारा हस्पिटलको बेडमा मृत्युसँग लडिरहेका छन । उता नेपालमा रहेको परिवारमा रुवाबासी छाएको छ ।

कमाउन गएको आफ्नो मान्छे पराइको देशमा यस्तो हुँदा मन सम्हालन सकेका छैनन्। उनको परिवारमा आम्दानीको श्रोत केहि नभएपछि दिन प्रतिदिन दुःख माथि समस्या थपिदै गएको छ।

पीडितको परिवारलाई केहि राहत मिलोस् भन्ने अभिप्रायले सुदुरपश्चिम सेवासमाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा कुवेतमा सहयोग संकलन अभियान चलेको थियो । उनलाई सहयोगको खाँचो रहेकाले मनकारी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई सहयोग गरिदिनको लागि अध्यक्ष खड्काले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...