News Portal

कुवेतमा सवारी दुर्घटनामा घाईते गंगा मगरलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४८३ पटक

कुवेत : कुवेतमा सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका गंगा गुर्मछानेलाई आर्थिक सहयोग भएको छ । उनको परिवारलाई सुदुर पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा उठेको जम्मा रकम १ लाख २६ हजर ४ सय ५८ नेपाली रुपियाँ सहयोग गरिएको हो। खोटाङ बाहारा पोखरी गाउपालिका सुन्तले निवासी वर्ष २७ का गंगा गुर्मछाने मगर परिवारको खुशी किन्नको लागि भारी सपना बोकी कुवेत आएका थिए ।

अवशोच ! उनका सपनाहरु सपनामै सिमित रहे, रहर अनि इच्छाहरु बिलाएर गए । घर छोडेर आएको केहि महिनामै साहुको ऋण तिर्नु नपाउदैं १६ सेप्टेम्बर  २०१८ को राति डिउटी जाने क्रममा बस दुर्घटनामा परेर गम्भिर घाइते भएका थिए।

केहि महिनासम्म अचेत अवस्थामा रहेका उनको स्वास्थ्यमा केहि सुधार भए पनि अहिलेसम्म जाहारा हस्पिटलको बेडमा मृत्युसँग लडिरहेका छन । उता नेपालमा रहेको परिवारमा रुवाबासी छाएको छ ।

कमाउन गएको आफ्नो मान्छे पराइको देशमा यस्तो हुँदा मन सम्हालन सकेका छैनन्। उनको परिवारमा आम्दानीको श्रोत केहि नभएपछि दिन प्रतिदिन दुःख माथि समस्या थपिदै गएको छ।

पीडितको परिवारलाई केहि राहत मिलोस् भन्ने अभिप्रायले सुदुरपश्चिम सेवासमाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा कुवेतमा सहयोग संकलन अभियान चलेको थियो । उनलाई सहयोगको खाँचो रहेकाले मनकारी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई सहयोग गरिदिनको लागि अध्यक्ष खड्काले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...