News Portal

मकाउमा नारी दिवस यसरी मनाइयो (फोटो फिचर)

हिमाली संचार संवाददाता
१०८४ पटक
सन्जिब कोयी राई

मकाउ : ८ मार्च अर्थात १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा मकाउमा गैरआवासीय सध मकाउको भातृ संगठन “महिला फोरम मकाउ” को आयोजनामा “balance for better’ & ‘Domestic violence say no” अन्तराष्ट्रीय नाराका साथ (८ मार्च) १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस प्रथम पटक मकाउमा गैरआवासीय महिला फोरमका संयोजक सर्मिला राईको अध्यक्षता र गैरआवासीय संध मकाउका अध्याक्ष शान्ति अधिकारीको प्रमुख अतिथ्यमा मकाउको पोर्तास बोडर गेटमा औपचारिक रुपमा कार्यक्रम सम्पन्न गरी मनाएका छन्।

उत्साहजनक सहभागिता माँझ सुशिला राईले स्वागत मन्तब्य राख्नु भएको थियो। प्रमुख अतिथि गैरआवासीय मकाउका अध्यक्ष शान्ति अधिकारीले शुभकामना मन्तब्य सहित हाल नेपालमा महिला तथा बालबालिका माथी भैरहेको हत्या हिंसा विरुद्ध सशक्त साथै आमाको नाउँबाट निशर्त नागरिकता नदिएसम्म लैंगिक समानता भन्नुको अर्थ हुन्न’ जुझारू हुन उद्घोष समेत दिनु भएको थियो।

विभिन्न सधसंस्थाका अतिथिहरु पूर्व प्रबाशी नेपाली मंचका पूर्व वरिष्ठ उपाध्यक्ष तथा गैरआवासीय संधका महासचिव कृष्ण अधिकारी, अन्तरास्ट्रिय नेपाली समाजका अध्यक्ष प्रजुन कुमार अधिकारी, शेर्पा समाजका अध्यक्ष अङ्ग गेल्जेन शेर्पा, हेड्स नेपाल मकाउका उपाध्यक्ष प्रेम कुमार बिक, NRNA NCC Macau का महासचिब पूर्ण गुरुङ, सल्लहाकार राम कार्की, DXN मकाउका कार्यकारी अध्यक्ष मिलन श्रेष्ठ, NRNA NCC macau कार्यकारी सदस्य तुलसी पौड्याल, कार्यकारी सदस्य लक्ष्मण गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सहकोषाध्क्ष चन्द्र पुलामी, तामाङ धेदुङ प्रतिनिधि प्रेम तामाङ, किरात याक्थुंग चुम्लुंगका सचिब रुपेश आङ्ग्बो, किरात राई यायोक्खा मकाउका सल्लहाकार कुमार राई, मण्डेलाका संचालक दीपक कमल क्षेत्री, MNBFA का अध्यक्ष सिर्जन (बाबाभाई), ग्यालेक्सी जापानिज रेस्तुरांतका मेनेजेर जुनु थापा रहनु भएको थियो। सो अबसरमा प्रजुन कुमार अधिकारी, कृष्ण अधिकारी, राजन खत्री लगाएतका अतिथिहरुले छोटो शुभकामना मन्तब्य समेत राख्नु भएको थियो।

उक्त कार्यक्रममा बिदेशी नागरिकहरुको समेत उपस्थिति रहेको थियो। प्रतिकुल मौषम बाबजुत पनि मकाउमा रहनु हुने नेपाली चेलीहरुको उल्लेखनीय उपस्थिति माँझ सुशिला राई र सिर्जना योञ्जनको विशेष नृत्याले कार्यक्रम निकै रोचक बनाएको थियो।भने बिरेन वाइबाको उद्घोषकमा झनै रोचको भएको थियो। कार्यक्रम सफल बनाउन विभिन्न सस्थाका प्रतिनिधि तथा कम्पनीमा कार्यरत व्यक्तित्वहरुले आर्थिक सहयोग समेत गर्नु भएको थियो। साथै उक्त कार्यक्रममा स्थानिय टेलिभिजनको समेत उपस्थिति थियो।

थप तस्बिरहरु

तस्बिर : शान्ति अधिकारी।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...