News Portal

कुवेत र मलेसियासँग नेपालले मैत्रीपूर्ण फुटबल खेल खेल्ने

हिमाली संचार संवाददाता
५३३ पटक

नेपालले मलेसिया र कुवेतसँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मलेसिया र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल यही मार्चमा खेल्ने जानकारी दिएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा २१ मार्चमा कुवेतसँग उसैको भूमिमा खेल्नेछ । त्यसको पाँच दिनपछि अर्थात मार्च २६ तारिखमा नेपालले मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो ।

नेपालले कुवेतसँग अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा गरेको छ भने मलेसियासँग सात पटक खेलेको छ। नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक योहान कालिनको यो मैत्रीपूर्ण खेल डेब्यु हो । उनकै प्रशिक्षणमा नेपालले कुवेत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपपछि अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । बंगबन्धु गोल्डकपमा नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...