News Portal

नोबेल अस्पतालद्वारा निःशुल्क उपचार आगोले जलेकी महिलालाई

हिमाली संचार संवाददाता
३७५ पटक

विराटनगर –  आगोको रापले मात्र पनि भतभती पोल्छ । आगोले शरीरनै जल्दा कति पोल्ला ? आफै भोगेका बाहेक जो कोहीले यो पीडा अनुमान लगाउँनसम्म पनि गाह्रो हुन्छ । खाना पकाउने क्रममा टुकीबत्तिको मट्टीतेल खनिएर शरीरमा आगो लाग्दा मोरङको बेलबारी–२ लालभित्तीकी ५० बर्षीया कुमारी ऋषिदेवको आधा शरीर जल्यो । अनुहारसहित शरिरका अधिकांश भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी कुमारीलाई जलनको पीडा त छदैथियो त्यसमाथि उनलाई उपचार गराउँन नसकी घरैमा राख्नुपर्दा उनको परिवारलाई पनि कम पीडा थिएन । उपचार गर्न नसकेर तड्पिरहेको ऋषिदेब परिवारको पीडा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले थाहा पाएर उनीहरुको घरैमा पुगी कुमारीलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए ।

डा.शर्मा उनीहरुको घरमा पुग्दा कुमारी जलनको पीडाले तड्पिरहेकी थिइन् । उनको अनुहार, घाँटी, छाती, हात लगायत भाग आगोले जलेको छ । कम्मरभन्दा माथिको अधिकांस भाग जलेकी कुमारीलाई सुरुमा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि त्यहा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाण्डौ लैजान नसकेर उपचार नै नगरी घर ल्याएर राख्नुपरेको श्रीमान पनिलाल ऋषिदेबले गुनासो सुनाए । ‘अलिअलि भएको पैसा घोपामै सकियो । उपचार गर्न नसकेपछि केहि सिप नलागेर जे होला–होला भनेर घर ल्याए ।’ पीडा सुनाउँदै उनले भने ‘धन्न सुनिल सर आएर ठुलो गुन लगाउँनुभयो । सुनिल सर हाम्रा लागि साँच्चै भगवान सरह बन्नुभयो ।’

स्थानीय राजकुमार लिम्बुले घटनाको बारेमा बताएपछि डा.शर्माले डाक्टर र नर्शको टोली तत्काल ऋषिदेबको घरमा पठाएर सामान्य उपचार गराएका थिए । त्यसपछि एम्वुलेन्स लिएर घरैमा पुगेका डा.शर्माले उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याएका हुन् । नोबेलमा निःशुल्क औषधि, उपचारसहित बिरामी र कुरुवालाई समेत खानाको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिए । नोबेल अस्पतालमा उनको उपचार पश्चात प्लाष्टिक सर्जरीका लागि डा.शर्मालेनै एम्बुलेन्सको खर्च बेहोरेर काठमाण्डौं पठाएका छन् । काठमाण्डौंमा उपचारका लागि डा.शर्माले एक लाख रकमसमेत प्रदान गरेका छन् ।

खोला किनारमा बालुवा चालेर जिविका चलाउँदै आएका उनीहरुको आफ्नो नाममा एक धुर पनि जमिन छैन । उनीहरुको अत्यन्तै दयनीय अवस्था थाहा पाएर उपचारमा सहयोग गरेको डा.शर्माको भनाई छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...