News Portal

  • नोबेल अस्पतालद्वारा निःशुल्क उपचार आगोले जलेकी महिलालाई

    हिमाली संचार संवाददाता
    ३०० पटक

    विराटनगर –  आगोको रापले मात्र पनि भतभती पोल्छ । आगोले शरीरनै जल्दा कति पोल्ला ? आफै भोगेका बाहेक जो कोहीले यो पीडा अनुमान लगाउँनसम्म पनि गाह्रो हुन्छ । खाना पकाउने क्रममा टुकीबत्तिको मट्टीतेल खनिएर शरीरमा आगो लाग्दा मोरङको बेलबारी–२ लालभित्तीकी ५० बर्षीया कुमारी ऋषिदेवको आधा शरीर जल्यो । अनुहारसहित शरिरका अधिकांश भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी कुमारीलाई जलनको पीडा त छदैथियो त्यसमाथि उनलाई उपचार गराउँन नसकी घरैमा राख्नुपर्दा उनको परिवारलाई पनि कम पीडा थिएन । उपचार गर्न नसकेर तड्पिरहेको ऋषिदेब परिवारको पीडा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले थाहा पाएर उनीहरुको घरैमा पुगी कुमारीलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए ।

    डा.शर्मा उनीहरुको घरमा पुग्दा कुमारी जलनको पीडाले तड्पिरहेकी थिइन् । उनको अनुहार, घाँटी, छाती, हात लगायत भाग आगोले जलेको छ । कम्मरभन्दा माथिको अधिकांस भाग जलेकी कुमारीलाई सुरुमा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि त्यहा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाण्डौ लैजान नसकेर उपचार नै नगरी घर ल्याएर राख्नुपरेको श्रीमान पनिलाल ऋषिदेबले गुनासो सुनाए । ‘अलिअलि भएको पैसा घोपामै सकियो । उपचार गर्न नसकेपछि केहि सिप नलागेर जे होला–होला भनेर घर ल्याए ।’ पीडा सुनाउँदै उनले भने ‘धन्न सुनिल सर आएर ठुलो गुन लगाउँनुभयो । सुनिल सर हाम्रा लागि साँच्चै भगवान सरह बन्नुभयो ।’

    स्थानीय राजकुमार लिम्बुले घटनाको बारेमा बताएपछि डा.शर्माले डाक्टर र नर्शको टोली तत्काल ऋषिदेबको घरमा पठाएर सामान्य उपचार गराएका थिए । त्यसपछि एम्वुलेन्स लिएर घरैमा पुगेका डा.शर्माले उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याएका हुन् । नोबेलमा निःशुल्क औषधि, उपचारसहित बिरामी र कुरुवालाई समेत खानाको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिए । नोबेल अस्पतालमा उनको उपचार पश्चात प्लाष्टिक सर्जरीका लागि डा.शर्मालेनै एम्बुलेन्सको खर्च बेहोरेर काठमाण्डौं पठाएका छन् । काठमाण्डौंमा उपचारका लागि डा.शर्माले एक लाख रकमसमेत प्रदान गरेका छन् ।

    खोला किनारमा बालुवा चालेर जिविका चलाउँदै आएका उनीहरुको आफ्नो नाममा एक धुर पनि जमिन छैन । उनीहरुको अत्यन्तै दयनीय अवस्था थाहा पाएर उपचारमा सहयोग गरेको डा.शर्माको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ५ गतेको राशिफल

    आज साउन ५, २०८२ (जुलाई २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...