News Portal

  • काठमाडौंको जंगीअड्डामा सेना दिवस मनाइँदै

    हिमाली संचार संवाददाता
    ३१६ पटक

    काठमाडौं, २० फागुन : नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

    जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

    साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिने ढकाल बताउँछन् ।

    ‘प्यारासुटको माध्यमबाट फि्रफल जम्पको पनि प्रदर्शन गरिनेछ’, ढकालले भने, ‘७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ । यसअघि सेनाले महाशिवरात्रीको पूर्वसन्ध्यामा निःशुल्क वृहत प्रदर्शनी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...

    प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी, कारबाहीको चेतावनी

    काठमाडौँ, असोज १० –  प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली खाता खोलिएको खुलेको छ।...

    आज २०८२ साल असोज १० गतेको राशिफल

    आज असोज १०, २०८२ (सेप्टेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...