News Portal

काठमाडौंको जंगीअड्डामा सेना दिवस मनाइँदै

हिमाली संचार संवाददाता
३७१ पटक

काठमाडौं, २० फागुन : नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिने ढकाल बताउँछन् ।

‘प्यारासुटको माध्यमबाट फि्रफल जम्पको पनि प्रदर्शन गरिनेछ’, ढकालले भने, ‘७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ । यसअघि सेनाले महाशिवरात्रीको पूर्वसन्ध्यामा निःशुल्क वृहत प्रदर्शनी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...