News Portal

भानु एकेडेमीले मनायो अाफ्नाे २० औं वार्षिकोत्सब

हिमाली संचार संवाददाता
३९० पटक
रबिन्द्र बराल, मोरङ

१९,फाल्गुन : मोरङको रंगेली ७ मा २०५५ सालमा स्थापना भएको भानु मेमोरियल एकाडेमी बोर्डीङ स्कूलले अाफ्नाे २० औं वार्षिकोत्सब मनाएको छ । बिधालयकाे प्राङ्गमा एक कार्यक्रमको आयोजना गरि बिधालयले अाफ्नाे बार्षिक उत्सव मनाएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सांसद तथा प्रदेश सभाका प्रमुख सचेतक केदार कार्की, बिशिस्ट अतिथि प्यापसनका केन्द्रीय सदस्य राजेश दास, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पाेख्रेल, प्याब्सन मोरगका उपाध्यक्ष भक्त राज सुब्बा, शिक्षा दिप कलेजका प्रिन्सपल ज्ञानु खड्का, बिधालयका प्रीन्सीपल सुनिल पौडेल, मिनिल्यान्ड बाेेेडिङ स्कुलका प्रिन्सिपल बिकर्ण कार्की, माेति ढकाल, रमेश चन्द्र अधिकारी, जिवन खनाल अभिभावक शिक्षक, शिक्षिका, बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्कूलको आन्तरीक खेलकुद तथा अन्य क्रियाकलाप उत्कृष्ट हुने विद्यार्थी तथा see परिक्षा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्राहरुलाई पुरस्कृत वितरण समेत गरिएके थियो ।

स्कूलमा अध्ययनरत बिद्याथीहरुले मौलिक सस्कृतीक झल्काउने नृत्य, लगायतका विभिन्न कार्यक्रमले उपस्थीत अथिती, अभिभावक, शिक्षकलागाएत सवैलाई दिनभर मनोरञ्जन प्रदान गरेको थिए ।

प्रमुख अतिथिले भने नेपाली जनताले अब स्थिर सरकार अाउछ भनेर बिष्वास गरेता तर दुई तिहाइ सरकारले हिन्दुहरुकाे टीका, जनै, दिदीबहिनीहरुकाे बेचेकाे अाराेप लागएका छन । शिक्षामा सरकारले तरवार झुन्डिएको र सरकारी बिधालयमा गरिव परिवारलाई दिदै अाएकाे खाजा भत्ता समेत बन्द गरेको समेत बताए ।

मेरी ल्यान्ड कलेजका प्रिन्सिपल भेष राज पाेख्रेल भने अहिले फेशबुक, म्यासेन्जर, जस्ता सामाजिक संन्जालका कारण बिधालयमा अध्यन गर्ने बालबालिकाहरुलाई पढाइ भन्दा पनि साेहि दिशा तर्फ लैजान थालेको र यस काे प्रयोग बढि मात्रै बालबालिकाहरुले नै भएको र यसमा बढी घुलमेल भएको कारण अाफ्नाे बालबालिकाहरुलाई साे कुराबाट परै राख्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि लगायतलाई मायाकाे चिनाे समेत हस्तान्तरण गरिएको थियो । बिद्यालयका संस्थापक नविन्द्र बिक्रम शाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...