News Portal

सुचित्रा श्रेष्ठले दर्ता गरिन चलचित्र बिकाश बोर्डको अध्यक्षको उम्मेदवारी

हिमाली संचार संवाददाता
४२१ पटक

काठमाडौँ १७, फागुन : नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र बिकाश बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’को निर्देशन र लेखन गरिन् । योङ एसिया टेलिभिजनले बनाएको एक वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छन् ।

आफु संग भएको दक्षता तथा अनुभबलाइ लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जिबन समर्पित गर्ने सोच लिएकी निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले यदि सरकारले निश्पक्ष रुपमा नियुक्त गरेमा आफु चलचित्र बिकाश बोर्ड सम्हाल्न तयार रहेको बताउछिन। पार्टिगत तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले निर्णय गरेमा आफु अध्यक्ष बन्ने पक्का रहेको समेत उनि जानकारी गराउछिन।

चलचित्र क्षेत्रमा भएको बिकृतिलाइ चिर्दै बिकाश बोर्डलाइ सुद्दिकरण गर्न आफु सक्षम रहेको समेत उनको दाबि छ। निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...