News Portal

विद्यालयको सामान चोर्ने २ जना प्रहरी फन्दामा

हिमाली संचार संवाददाता
४९५ पटक

बारा -प्रहरीले विद्यालयको सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारास्थित कोल्हवि घर भएका सुर्या भनने गोविन्द चौधरी र सोही स्थानका सुदिप चौधरी रहेका छन् ।

उनीहरुले फागुन १३ गते राती कोल्हवि नगरपालिका–१ स्थित रहेको श्री अनुप दिपनी उ.मा.वि.को पुस्तकालयभित्र रहेको कम्युटर, ल्यापटप, बुफर र आईडी कार्ड चोरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

चोरी भएको सूचना पाउने बित्तिकै खटिएको प्रहरी टोलीले फागुन १६ गते शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेसँगै तत्काल निजहरुको घरकोठा खानतलासी गर्दा उक्त चोरी भएको सामानहरु बरामद गरिएको डिएसपी राठौरले बताए ।

यस्तै उनीहरुको साथबाट मोबाईल २ थान तथा हार्डवेयरका मालसमान र पसलहरू फुटाउन प्रयोग गरिने फलामको रड समेत बरमद गरिएको उनलmे बताए ।

पक्राउ परेका उनीहरुलाई चोरी कसुरमाबारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...