News Portal

विद्यालयको सामान चोर्ने २ जना प्रहरी फन्दामा

हिमाली संचार संवाददाता
४७१ पटक

बारा -प्रहरीले विद्यालयको सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारास्थित कोल्हवि घर भएका सुर्या भनने गोविन्द चौधरी र सोही स्थानका सुदिप चौधरी रहेका छन् ।

उनीहरुले फागुन १३ गते राती कोल्हवि नगरपालिका–१ स्थित रहेको श्री अनुप दिपनी उ.मा.वि.को पुस्तकालयभित्र रहेको कम्युटर, ल्यापटप, बुफर र आईडी कार्ड चोरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

चोरी भएको सूचना पाउने बित्तिकै खटिएको प्रहरी टोलीले फागुन १६ गते शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेसँगै तत्काल निजहरुको घरकोठा खानतलासी गर्दा उक्त चोरी भएको सामानहरु बरामद गरिएको डिएसपी राठौरले बताए ।

यस्तै उनीहरुको साथबाट मोबाईल २ थान तथा हार्डवेयरका मालसमान र पसलहरू फुटाउन प्रयोग गरिने फलामको रड समेत बरमद गरिएको उनलmे बताए ।

पक्राउ परेका उनीहरुलाई चोरी कसुरमाबारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...