News Portal

  • अब बबरमहलबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा

    हिमाली संचार संवाददाता
    ३२२ पटक

    काठमाडौं १६, फागुन : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

    वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै आएको छ ।

    बोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

    नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण लगायतका काम बोर्डबाट हुँदै आएको छ ।

    बोर्डले गत पुस मसान्तसम्म आवेदन लिएर विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने काम समेत शुरु गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...

    प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी, कारबाहीको चेतावनी

    काठमाडौँ, असोज १० –  प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली खाता खोलिएको खुलेको छ।...

    आज २०८२ साल असोज १० गतेको राशिफल

    आज असोज १०, २०८२ (सेप्टेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...