News Portal

रञ्जनी एकेडेमीले मनायाे बार्षिक उत्सव

हिमाली संचार संवाददाता
४६१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन ११ शनिबार : “प्रतिभाशाली तथा संस्कारवान निर्माण हाम्रो भावी पुस्ता” भन्ने मुल नाराकाे साथ २०६५ सालमा स्थापना भएको मोरङको रञ्जनी एकेडेमी ईङलिस टिचिङ स्कुल (एस्टर)ले अाफ्नाे दशाै बार्षिक उत्सव मनाएको छ ।

विद्यालयकाे प्राङ्गणमा शनिबार एक कार्यक्रमकाे अायाेजना गरि अाफ्नाे बार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बिष्ट अतिथि उपमेयर केशब कुमारी खराल, उपाध्यक्ष भक्तराज सुब्बा र अभिभावक स्थानीयहरुकाे समेत उपस्थित रहेको थियोे ।

प्रमुख दिलिप बगडियाले निजी विद्यालयले समाजको समग्र विकासका लागि निजी क्षेत्रले धेरै नै योगदान खेलेको समेत बताए । सिटि कलेज बिराटनगरका प्रमुख सुरेश नौलखा, वडा नं ३ का वडाध्यक्ष घनश्याम पनेरू लगायतले विद्यालयको उन्नति प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुइँटेललाई कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मानित गरिएको थियोे ।विद्यालयका स-साना बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य समेत गरेर अबिभावकहरुलाई मनाेरञ्न समेत गराएका थिए।

विद्यालयका प्रिन्सिपल गाेपाल भट्टराईकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको विद्यालयका शिक्षक रमेश चन्द्र अधिकारीले हिमालीसंचारलाई बताए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...