News Portal

विद्यालयको नवनिर्मित भवन उद्घाटन

हिमाली संचार संवाददाता
४०३ पटक

कृष्णप्रसाद अधिकारी
दैलेख १०, फागुन : दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गको नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालय (हालको शिक्षा विकास तथा समन्वय इकाईं दैलेखबाट आर्थीक बर्ष २०७४/०७५ मा ३६ लाखको अनुदानमा उक्त भवन निर्माण गरिएको हो ।

भवन निर्माण पश्चात पठनपाठनमा सहजता हुने विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले बताउनुभयो । भवनको उद्घाटन कर्णाली प्रदेश सभाका सदस्य अमर बहादुर थापाले गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य अमरवहादुर थापाले सरस्वती माविले शिक्षा क्षेत्रमा छोटो समयमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । दैलेख जिल्लाकै एकमात्र ३ वटा प्राविधिक कार्यक्रम सञ्चालन विद्यालय सरस्वती मावी रहेको उहाँको भनाई छ । उहाँले विद्यालयलाई नमुना बनाउन आफु लागी परेको धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयमा रहेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र प्राविधिक शिक्षातर्फ सहयोग गर्ने शिक्षक र सहयोगीहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक जिवराज तिमिल्सेनाले विद्यालयमा नयाँ सेवा सुविधा सिसि क्यामेरा जडान लगाएतका अन्य कार्य गरेको वताउँदै सहयोग गर्ने सम्पुर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सोहि अबसरमाशिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्रवहादुर मल्ल, जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष वालकृष्ण के.सी., श्रोतव्यक्ति हिमालयजंग शाह, नेकपाका नेता उपेन्द्र रावत (शुसिल) नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णवहादुर थापा लगाएतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपालवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सरस्वती मावि तर्ताङ्गको ४ कोठे भवन उद्घाटन संगै विद्यालयका शैक्षिक मेला सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...