News Portal

नेपालद्वारा युएई सात विकेटले पराजित

हिमाली संचार संवाददाता
४३७ पटक

अरब ईमिरेट्स    -अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।

थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।

यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् । युएइलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिईन् । यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान दुई÷दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलबाट एकमा हार र दुईमा जीत निकाल्दै चार अङ्क बनाएको छ । युएइको पनि समान चार अङ्क नै छ ।  छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ ।एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...