News Portal

ठकुरी सहयोग संजाल जाजरकोटको अध्यक्षमा शाह

हिमाली संचार संवाददाता
६५० पटक

जाजरकोट : ठकुरी सहयोग संजालको १९ सदस्यीय जाजरकोट जिल्ला कार्यसमिति गठन गरेको छ । मंगलबार जाजरकोटको खलंगामा भएको ठकुरी समुदायको बृहत भेलाले कार्यसमिति गठन गरेको हो। समाजसेवी राजु बिक्रम शाहको अध्यक्षतामा नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वीर बहादुर शाही चयन भएका छन् ।

उपाध्यक्ष, महासचिव, सचीव र कोषाध्यक्षमा क्रमश दिपेन्द्र बहादुर सिंह, रेशम बहादुर शाही, जानुका चन्द र कमला सिंह चयन भएका छन् । त्यस्तै नवगठित कार्यसमितिका सदस्यहरुमा क्रमश भद्र बहादुर शाही, अमर बहादुर शाही, दिप बहादुर शाही, जनक शाही, सरिता सिंह, अमर जंग शाह, तिलक कुमार चन्द, प्रवेश जंग शाह, राम बहादुर शाही, कर्ण बहादुर शाही, अशोक बहादुर सिंह, मनरुपा सिंह र यशोदा सिंह चयन भएका छन् ।

कर्णाली प्रदेश संयोजक प्रकाश साबु चन्दको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख देब बहादुर शाही रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रदेश पाँच प्रमुख संयोग जंग शाह तथा अतिथिहरुमा नेपाली कांग्रेसका युवा नेता समेत रहेका बेदराज सिंह र नेकपाका युवा नेता बिश्व बिक्रम शाह रहेका थिए । भेलामा ठूलो मात्रामा ठकुरी समुदाय संगै सामाजसेवी, पत्रकार तथा जिल्लाका विशिष्ट ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेश संयोजक प्रकाश साबु चन्दले देश तथा बिदेशका सम्पूर्ण ठकुरिहरु संजालमा आवद्ध हुनुपर्ने बताउनुभयो ।

त्यस्तै कर्णाली प्रदेश प्रमुख देब बहादुर शाहिले ठकुरि हरुको बाहुल्यता रहेको जाजरकोटमा कार्यसमिति गठन गर्न पाउँदा खुसी हुनुका साथै नवगठित कार्यसमितिले उदाहरणीय कार्य गर्नेमा आफू बिश्वस्त रहेको समेत बताउनुभयो ।

प्रदेश पाँच प्रमुख संयोग जंग शाहले ठकुरी हरुको बाहुल्य र इतिहास रहेको जाजरकोटको नयाँ कार्यसमिति गठन संगै प्रदेश पाँच र कर्णाली प्रदेशका बाकी जिल्लामा समेत छिटोभन्दा छिटो जिल्ला कार्यसमिति गठन गरेर सम्पुर्ण ठकुरीहरुलाइ संजालमा एकत्रित गर्ने बताउनुभयो ।

भेलालाइ सम्बोधन गर्दै अतिथिद्वोय बेदराज सिंह र विश्व बिक्रम शाहले जाजरकोटको ठकुरी इतिहास को बारेमा ब्याख्या गर्नुभएको थियो ।

ठकुरी सहयोग संजालले ठकुरी समुदाय तथा संस्कृती तथा सहयोग आदानप्रदान गर्ने र जाती र समुदाय भन्दा माथी उठेर विभिन्न असहाय ब्यक्तिहरुलाइ समेत सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...