News Portal

नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

हिमाली संचार संवाददाता
७११ पटक

मकाउ १९, फेब्रुअरी : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै मंगलबार मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र ६९ औं प्रजातन्त्र दिवश भब्यताको साथ सम्पन्न भएको छ। नेपाली काँग्रेसका प्रमुख सचेतक माननीय सांसद एवं पूर्व रक्षा मन्त्री बाल कृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बिशेष अतिथि नेपाली काँग्रेसका माननीय सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम अतिथिहरू नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङ्, तरूण पर्बतका अध्यक्ष तोरण मल्ल, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति जगत शाह, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सभापति कुल प्रसाद गुरूङ, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी, पूर्व सभापति शुदर्शन थापा, नेपाली जनसम्पर्क समिति हंगकंगका उप सभापति बिष्णु श्रेष्ठ, नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व उपसभापति काजी गुरूङ, पूर्व जन प्रगतिशील मञ्चका उपाध्यक्ष पदम सिंह पन्त साथै मकाउमा कार्यरत रहनु भएका काँग्रेसीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान बजाउदै सुरू भएको कार्यक्रममा जन नायक बिपी कोईरालाको तस्बिरमा फुल चढाउदै प्रमुख अतिथी र बिषेश अतिथिले पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गरीएको थियो। कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथीहरूले देशको समसामयिक बिषयमा चर्चा परीचर्चा गर्नुका साथै नेपाली काँग्रेसको बर्तमान अबस्था र भाबी रणनितिका बारेमा पनि चर्चा गर्नु भएको थियो।

कार्यक्रममा नेपाल एअरपोर्टमा बिदेशीएका श्रमिकहरूले ल्याएका सामानहरूमा भन्सारले खेलेको रणनितिका बारेमा पनि खुलेरै बिरोध गरीएको थियो।नेपाली जनसम्पर्क समिति मकाउको तर्फबाट हंगकंग ट्रान्जिट भिषाको बारेमा पत्र लेखि माननीय सांसद बालकृष्ण खाँडलाई सभापति लेख बहादुर गुरूङले पत्र हस्तान्तरण गरीएको थियो।

कार्यक्रममा महासमिति सदस्यहरू लेख बहादुर गुरूङ, चण्डी प्रसाद योङ्या र शुदर्शन थापा मगरलाई खादा लगाएर सम्मान गरीएको थियो भने किक बक्सिङ खेलाडी शंकर धमलाले हंगकंगमा भएको थाईमुई खेलमा स्वर्ण पदक बिजयी भई नेपाल र नेपालीको गौरव राखेका कारण खाँदा लगाई सम्मान गरीएको थियो।कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूलाई प्रमुख अतिथि बालकृष्ण खाँड र बिशेष अतिथि संजय गौतमले खाँदा लगाई प्रमाण पत्र बितरण गर्नु भएको थियो।

नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको नेतृत्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापा मगरको नेतृत्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो भने सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको नेतृत्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।

यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाएको छ। बार्षिक उत्सव कार्यक्रमको सभापतित्व सभापति लेख बहादुर गुरूङले गर्नु भएको थियो।स्वागत मन्तब्य समितिका सह महामन्त्री शेखर बुढाथोकीले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...